Ad Area

कुटपिटबाट ज्येष्ठ नागरिकको मृत्यु


रुकुमपश्चिम, १२ कात्तिक । रुकुमपश्चिममा कुटपिटबाट गम्भीर घाइते भएका एक ज्येष्ठ नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । घाइतेको मृत्युपछि कुटपिट गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँफिकोट गाउँपालिका १० मयरी बस्ने ७० वर्षीय अलबहादुर बुढाको कुटपिट पश्चात् हत्या गरेको आरोपमा सोही गाउँका ६५ वर्षीय मनबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार गत असोज ५ गते मयरी गाउँमा मनबहादुरले अलबहादुरलाई कुटपिट गरेर घाइते बनाएका थिए ।

Blog Post Ad Blog Post Ad