Ad Area

भुकम्प पीडितका लागि घोराही उपमहानगरको १५ लाख सहयोग


दाङ,२० कार्तिक। घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

आईतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधी, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिक तर्फका कर्मचारी गरि १ हजार ३ सय ६६ जनाको एक दिनको तलब कटाएर जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको राहतका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

कार्तिक १७ गते मध्यरातमा जाजरकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले ठूलो जनधनको क्षति भएको जाजरकोट र रुकुम पश्चिमका नागरिकहरुको उद्धार र पुर्नःस्थापनाका लागि १५ लाख रुपैयाँ पठाउने निर्णय भएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिएका छन्। साथै नगर कार्यपालिका बैठकले भुकम्पमा परि दिबंगत भएकाहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Blog Post Ad Blog Post Ad