Ad Area

सामुदायिक विद्यालयलाई सक्षम बनाउनुपर्छ : कार्यबहाक मुख्यमन्त्री मास्की


देउखुरी,१९ कात्तिक ।
लुम्बिनी प्रदेशका कार्यबहाक मुख्यमन्त्री धनबहादुर मास्कीले सामुदायिक विद्यालयलाई सक्षम बनाउनुपर्ने बताए । आईतबार घोराही उपमहानगरपालिका वडा नं।१० दाङस्थित सिद्धरत्ननाथ माध्यामिक विद्यालयको अवलोकन पछि भएको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अर्थमन्त्री समेत रहेका मास्कीले यस्तो बताए ।

“सामुदायिक विद्यालयहरु सक्षम बनाउनु पर्छ, किनकी गरीब जनताका छोराछोरीले सामुदायिक विद्यालयमा पढ्छन्”,उनले भने “त्यसकालागि शिक्षक, विद्यार्थी, अभिभावक सबै दत्तचित्त भएर लाग्नुपर्छ ।” सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यामको शिक्षा पढाई हुन थालेपछि विद्यार्थीको संख्या पनि बढिरहेको बताए ।

दाङकै केही सामुदायिक विद्यालयहरुले संस्थागत विद्यालय भन्दा राम्रो नतिजा पनि ल्याउने गरेको भन्दै सबै सामुदायिक विद्यालयले राम्रो नतिजा ल्याउने गरि वातावरण तयार गर्नुपर्ने उनले बताए । राम्रो शिक्षा दिएमा सामुदायिक विद्यालयमा विद्यार्थी अत्याधिक हुने बताए । अहिले पनि दाङका केही विद्यालयमा दुई हजार भन्दा बढि विद्यार्थीहरु छन् ।
“केही सामुदायिक विद्यालयमा ९र१० वटासम्मका सेक्सन बनाएर विद्यार्थीलाई पढाउनु पर्ने अबस्था छ ”, उनले भने“शिक्षा राम्रो भएमा विद्यार्थी सरकारी विद्यालयमै पढ्छन् ।” केही सरकारी विद्यालयमा पढ्न हानथाप हुने गरेको भन्दै सबै सरकारी विद्यालयलाई त्यस्तै बनाउनु पर्ने उनको भनाई छ ।

त्यस्तै मन्त्री मास्कीले सबै ब्यक्तिहरु समाजिक सेवामा लागेमा सभ्य समाज निर्माण हुने समेत बताए । सोही ठाउँमा रहेको मानव कल्यान समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री मास्कीले सडक मानव मुक्त गर्न थालिएको प्रयत्नलाई आफूहरुले सहयोग गर्ने बताए ।
मन्त्री मास्कीले नारायण पुरमै रहेको सिद्धरत्ननाथ क्याम्पस र घोराही १६ स्थित स्थानीयले आयोजना गरेको कार्यक्रममा समेत सहभागि भएका थिए ।

Blog Post Ad Blog Post Ad