Ad Area

घोराहीको न्यायीक समितिमा उजुरी घट्दो, बितेको ३ महिनामा ४१ विवाद दर्ता


घोराही, २१ कार्तिक । घोराही उपमहानगरपालिकाको न्यायीक समितिले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३९ प्रतिशत न्याय सम्पादन गरेको छ ।

उपमहानगरको कानुनी मामिला शाखाले सोमवार पत्रकार सम्मेलन गरि चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म परेको कुल ७४ वटा उजुरीमध्ये २९ वटा विवाद मिलापत्र गर्न सफल भएको जनाएको छ ।

यो कुल विवादको उजुरीमध्ये ३९ प्रतिशत मिलापत्र रहेको छ । पछिल्लो समय पालिकाको न्यायीक समितिमा उजुरी पर्नेको संख्या पनि घट्दै गएको पाईएको छ ।

न्यायीक समिति संयोजक एवम् उपप्रमुख हुमा डिसीको अध्यक्षता तथा नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलनमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १ बमोजिम उजुरी परेका १५ वटा र दफा २ बमोजिम उजुरी परेका १२ वटा र अन्य उजुरी अन्तरगत लेनदेन, घरायसी, झैझगडा, अंश, ऐलानी जग्गा विवाद १४ वटा र आर्थिक वर्ष २०७९०८० बाट जिम्मेवारी सरी आएको ३३ वटा विवाद गरि कल ७४ वटा विवाद मध्ये २९ वटा विवाद दुवै पक्षलाई जीत–जीतको वातावरण बनाउँदै मिलापत्र गराउन सफल भएको जानकारी गराईएको छ ।

अब ४५ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको रफती मुद्दाको सुनुवाई प्रकृयामा रहेको बताईएको छ ।सो अवसरमा न्यायीक समिति संयोजक डिसीले दफा १ अनुसार आलीधुर, बाँध शीर्षकमा १ वटा, ज्याला मजदुरी नदिएको २ वटा, जेष्ठ नागरिक पालन पोषण तथा हेरचाहको १ वटा, नाबालक छोराछोरी वा पति पत्नीलाई खान लाउन, शिक्षा दीक्षा नदिएको ८ वटा, घर बहाल सुविधा २ वटा, संघियार जग्गा विवाद १ वटा गरि १५ वटा र दफा २ अनुसार, सरकारी सार्वजनिक जग्गा मिचेको ३ वटा, सार्वजनिक जग्गामा संरचना बनाएको ४ वटा, गाली बेईज्जती ३ वटा, अरुको जग्गा भोगचलन गरेको २ वटा गरि १२ वटा विवाद सम्बन्धि मुद्दा न्यायीक समितिमा पछिल्लो तीन महिनामा उजुरी परेका छन् ।

जसमा दफा १ बमोजिमको १५ उजुरी मध्ये ८ वटा फर्छ्यौट भएको छ। ७ वटा प्रकृयामा रहेको छ । दफा २ बमोजिमको १२ वटा उजुरी परेको र २ वटा मिलापत्र भएको छ । १० वटा विवाद प्रकृयामा रहेको छ । गत वर्षको जिम्मेवारी सरी आएको ३३ वटा विवादमध्ये १७ वटा मिलापत्र भएको र १६ वटा अझै प्रकृयामा रहेको छ ।

Blog Post Ad

न्यायीक समितिले सम्पादन गर्दै आएका काममा वडा अध्यक्ष, टोल विकास संस्था, सरोकार निकायको भुमिका अहम् रहेको नगगरप्रमुख चौधरीले बताउनुभयो । उहाँले समुदायमा जटिल अवस्थामा रहेका पीडितलाई न्याय दिन सफल भएको हुँदा धेरै पीडितले नयाँ जीवनको थालनी गरेको बताए ।

सो अवसरमा न्यायीक समिति संयोजक डिसीले वडातहबाट पनि न्याय दिने काम भईरहेको बताउँदै त्यहाँ पनि सम्भव नभए पालिकाको न्यायीक समितिबाट नगरबासीलाई छिटो छरितो रुपमा न्याय दिने काम भईरहेको बताइन ।

सो अवसरमा, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, कानुनी सल्लाहकार भुपबहादुर केसी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायत बोलेका थिए ।

उहाँहरुले न्यायीक समितिले गर्दै आएका कामले पीडित बनेका थुप्रै नगरबासीले सहज रुपमा न्याय पाउन सफल भएको र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबैको सकारात्मक भुमिका हुनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रमको सहजीकरण कानुनी मामिला शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad