Ad Area

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


घोराही, ३ मंसिर । दाङमा आइतबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्युु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रा ७ प ६५५४ नम्बरको मोटरसाइकल चालक दाङ शान्तिनगर गाउँपालिका ५ निवासी २८ बर्षीय अमृत केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिएका छन् ।

प्रहरी निरिक्षक मल्लका अनुसार रा ४ प ८४६४ र रा ७ प ६५५४ नम्बरको मोटरसाइकल ग्वार खोला नजिकै एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रा ४ प ८४६४ नम्बरको मोटरसाइकल चालक सल्यान सारदा नगरपालिका १ का २४ बर्षीय दिनेश बुढाथोकी र पछाडी सवार सोही ठाँउका २४ वर्षका कमल केसी घाइते भएको र तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad