Ad Area

२ सय बढी दुर्घटना, ६ जनाको मृत्यु


दाङ,४ मंसिर । दाङमा दसै र तिहार पर्वको समयमा दुई सय बढी सवारी दुर्घटना भएका छन् । दसै र तिहार पर्वका अवसरमा गत असोजको २७ गतेदेखि कार्तिकको ३० गतेसम्म करिव एक महिनाको अवधिमा दुई सय ३१ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्लाका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु र दुई सय २६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक रामबहादुर केसीले जानकारी दिएका छन् । प्रहरी उपरिक्षक केसीका अनुसार दुर्घटनामा एक सय ६५ पुरुष र ६१ जना महिला घाइते भएका छन् । यो गतबर्षको चाडपर्वको समयमा भएका सवारी दुर्घटनाको तुलनामा बढी हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गतबर्ष दसै र तिहार पर्वको अवसरमा करिव एक महिनाको अवधिमा एक सय ११ वटा सवारी दुर्घटना भएका थिए । जसमा ८७ जना घाइते र ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले प्रयास गरेपनि चाडपर्वको समयमा साना ठुला दुई सस ३१ वटा सवारी दुर्घटनाहरु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक केसीले बताए । ‘चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सावधानी अपनाएपनि साना सवारी दुर्घटना धेरै भएका छन्’,जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक केसीले भने,‘तर मानवीय क्षति भने हुन पाएको छैन ।’

चाडपर्वको समयमा बढी भिडभाड हुने, लाइसेन्स नभएका र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने भएका दुर्घटना बढी हुने गरेको प्रहरी प्रमुख केसीले बताए । उनका अनुसार प्रहरीका अनुसार दुर्घटना मोटरसाइकल,स्कुटर,बस,टेक्टरजीपलगायतका सवारी साधनहरु रहेका छन् ।

चोरीका घट्नामा कमी

चाडपर्वको समयमा हुने चोरीका घट्नाहरुमा कमी भएको प्रहरीले जनाएको छ । विगतका बर्षहरुमा दसै,तिहार जस्ता चाडपर्वको समयमा धेरै मात्रमा चोरीका घट्नाहरु हुने गरेको भएपनि यसबर्ष एउटा मात्रै चोरीको घट्ना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए । चाडपर्वको समयमा प्रहरीको सक्रियतासँगै घरधनीको सावधानीका कारण चाडपर्वको समयमा हुने चोरीका घट्नाहरुमा कमी आएको केसीले बताए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad