Ad Area

प्रथम डिफेन्स आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न


घोराही, ११, मंसिर । प्रथम डिफेन्स आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । घोराही १३ सेवार बनगाउँमा दुई दिनसम्म भएको प्रतियोगितामा १६ वटा डोजाङका खेलाडीले भाग लिएका थिए ।

डिफेन्स तेक्वान्दो डोजाङका गिरीराज गिरीको अध्यक्षता तथा वडा नम्बर १३ का वडा सदस्य रामकली घर्तीको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता समापनमा विजेता खेलाडीलाई पदक र प्रमाण पत्रले सम्मान गरिएको थियो ।च्याम्पियनसिपमा सहभागी खेलाडीले दुई दिन प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगिताका माध्यमबाट खेलाडीलाई खेल क्षेत्र लाग्न उत्साह थप्ने, स्वस्थ जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास लिएको वडा सदस्य घर्तीले बताउनुभयो ।

स्थानीय स्तरमा दक्ष खेलाडी उत्पादन गर्न र खेलकुदको संस्थागत विकासका लागि आयोजित च्याम्पियनसिपमा उत्कृष्ट हुने खेलाडीलाई प्रमुख अतिथिसहित खेल क्षेत्रका सरोकारवालाले सम्मान गर्नुभएको थियो ।

शनिबार र आईतबार दुई दिन भएको प्रतियोगितामा महिला र पुरुष गरि १० वटा तौल समुहमा खेलाईएको थियो । खेलमा महिला तर्फ २५ केजी मुनि, २९ केजी मुनि, ३७ केजी मुनि, ४३ केजी मुनि र ४६ केजी मुनि तौल भएका खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

यसैगरी, पुरुष तर्फ २९ केजी, ३७ केजी मुनि ४२ केजी मुनि, ५४ मुनि र ५८ केजी मुनि तौल भएका खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

Blog Post Ad

सहभागी खेलाडीबाट शुल्क नलिएर निशुल्क भोजनको व्यवस्था गरेर खेलाईएको खेलमा उत्साहजनक रुपमा प्रतियोगिता सम्पन्न भएको डोजाङ अध्यक्ष गिरीले बताउनुभयो।

प्रतियोगिताको खेललाई व्यवस्थित, मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न जगबहादुर नेपाली, बमबहादुर बिक, संघर्ष बुढा मगर, तिलक झाँक्री, स्वागत परियार, देवराज खाम्चा, तिलक पुन, यशोदा नेपाली, सुरज भण्डारी, सुरज केसी र सौरभ परियारले निर्णायकको भुमिका खेल्नुभएको थियो ।
प्रतियोगिता समापन समारोहको सहजीकरण तेक्वान्दो प्रशिक्षक राकेश परियारले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad