Ad Area

एम्नेस्टीको ३२ औं साधारणसभाको तयारी पुरा, मन्त्री शर्माले उद्घाटन गर्ने


दाङ,१४ मंसिर । एम्नेस्टी इन्टरनेसलन नेपालको ३२ औं बार्षिक साधारणसभाको तयारी पुरा भएको छ । एम्नेस्टी इन्टरनेसलन नेपालले विहीवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर यहि मंसिरको १५ र १६ गते दुई दिन घोराहीमा हुन थालेको ३२ औं बार्षिक साधारणसभाको तयारी पुरा भएको जनाएको छ ।

३२ औं बार्षिक साधारणसभाको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शुक्रवार दिउँसो ३ बजे हुने उद्घाटन कार्यक्रमा मन्त्री शर्मासँगै प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष चरण प्रसाईलगायत स्थानीय तह, राजनीतिक दल, विभिन्न संघसस्थालगायतका प्रतिनिधिमुलक अतिथिहरुको सहभागीता रहने भएको एम्नेस्टी इन्टरनेसलन नेपालका अध्यक्ष बिपिन बुढाथोकीले जानकारी दिएका छन् ।

अध्यक्ष बुढाथोकीका अनुसार बार्षिक साधारणसभाले सस्थाको बार्षिक प्रतिवेदन, कार्ययोजना,बजेट र केही सस्थागत नीतिहरुमाथि छलफल गरेर पारित गर्नेछ । त्यसैगरी साधारणसभाको सदस्यता र गभर्नेन्सको संरचना र प्रक्रियालाई पुनर्परिभाषित तथा परिमार्जन गर्ने उद्देश्यले सस्थाको विधान र नियमावलीहरु संशोधनको प्रतावमाथि छलफल गरिने भएको छ ।

साधारणसभाले नेसनल बोर्डले पेस गरेको एम्नेस्टी नेपालको विधान र नियमावलीलाई संशोधन गर्ने प्रस्तावउपचरको छलफलसँगै अनुमोदन गर्ने एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले बताए । ३२ औं बार्षिक साधारणसभामा एम्नेस्टी नेपालको विभिन्न समूह र युथ नेटवर्कका सदस्यहरु, एम्नेस्टी नेपालको राष्ट्रिय बोर्ड, अपिल कमिटीका सदस्यहरु, पूर्व अध्यक्षहरु, कर्मचारी, स्वयंसेवक र पर्यवेक्षकहरु गरेर तीन सय बढीको सहभागीता हुने भएको आयोजकले जानकारी दिएको छ । आयोजका अनुसार कार्यक्रममा सहभागीताका लागि अतिथिहरु आउने क्रम जारी रहेको छ ।

Blog Post Ad Blog Post Ad