Ad Area

प्रधानमन्त्री कप महिला टी–२० प्रदेश स्तरीय क्रिकेट छनौट घोराही रंगशालामा हुने


घोराही, २१ मंसीर । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता २०८० का लागि लुम्बिनी प्रदेश स्तरीय क्रिकेट छनौट प्रतियोगिता दाङको गुलरियास्थित घोराही क्रिकेट रंगशालामा हुने भएको छ ।

आगामी पुस पहिलो सातादेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताका लागि प्रदेशबाट खेलाडी छनौट गर्न घोराही १७ स्थित घाेराही क्रिकेट रंगशालामा खेल आयोजना हुने भएको हो ।

दाङ जिल्ला क्रिकेट संघको आयोजना मंसीर २५ देखि २९ गतेसम्म छनौट खेल हुने भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिनुभयो ।

दुई समुहमा विभाजन गरिएको छनौट प्रतियोगितामा पोल ए मा दाङ, रुपन्देही र बर्दिया रहेका छन् भने पोल बी मा बाँके, नवलपरासी र पाल्पा रहेका छन् ।

नेपाल क्रिकेट संघको वार्षिक खेल तालिका अनुसार प्रधानमन्त्री कप महिला प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय महिला छनौट क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशका ६ जिल्ला दाङ, बाँके, रूपन्देही, बर्दिया, नवलपरासी र पाल्पा जिल्लाका महिला खेलाडीले प्रतिष्पर्धा गर्ने छन् ।

राष्ट्रीय क्रिकेट प्रतियोगिताका लागि ५ दिन हुने छनौटमा खेलमा खेलाडीको खेल प्रदर्शनको आधारमा लुम्बिनी प्रदेश महिला क्रिकेट टिम तयार गरिने भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव रोका मगरले जानकारी दिनुभयो ।

Blog Post Ad

दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँको अध्यक्षतामा बिहीबार घोराहीमा बसेको बैठकले प्रधानमन्त्री कप महिला लुम्बिनी प्रदेश टी–२० क्रिकेट छनौट प्रतियोगिता सम्पन्न गर्न संघका सदस्य विशेष अधिकारीलाई छनौट प्रतियोगिताको संयोजक तथा रुपेश शर्मा र विकाश आचार्यलाई सदस्य चयन गरेको छ ।

बैठकमा लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगर, प्रादेशिक क्रिकेट संघका सदस्य बालकृष्ण खत्री, दाङ क्रिकेट संघका पदाधिकारी, सदस्य, संघका सल्लाहकारलगायतले लुम्बिनी प्रदेश स्तरीय महिला छनौट क्रिकेट प्रतियोगितालाई सफल बनाउने बारेमा भनाई राख्नु भएको थियो । संघका उपाध्यक्ष किशोर घर्ती मगरको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण संघका सचिव सञ्जु केसीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad