Ad Area

देशमा गम्भीर प्रतिगमनको खतरा : महामन्त्री सिंह


दाङ,५ मंसिर । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले अध्यक्ष केपी ओली शर्माका गतिविधिले गम्भीर खालको प्रतिगमनको खतरा देखिएको बताएका छन् । प्रगतिशिल पत्रकार संघ दाङले आइतवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले केपी ओलीका कारण अहिले देशमा गम्भीर प्रतिगमनको खतरा बढेको बताए ।

उनले २०१७ र २०५९ साल राजाबाट भएको जस्तै प्रतिगमनको खतरा अहिले ओलीका गतिविधिका कारण निम्तिने खतरा बढेको बताए । त्यसको पुष्टि केपी शर्मा ओलीका पछिल्ला गतिविधिहरुबाट देखिएको उनको तर्क थियो । कम्युनिष्ट पार्टीको अध्यक्षले २÷२ पटक संसद भंग गर्ने,पशुपतीनाथमा सुन चढाउनेदेखि पछिल्लो समय चितवनमा राममन्दिर स्थापना गर्नेलगायतका धार्मिक गतिविधिहरुले उनी नेपाललाई हिन्दुराष्ट्र कायम गर्नेदेखि राजतन्त्र स्थापनाको आन्दोलनमा सहयोग पुग्ने गतिविधिमा लागेर प्रतिगमनलाई प्रशय दिने काम गरिरहेको आरोप लगाएका हुन । मध्याअवधि निर्वाचनको बहानामा संसद भंग गर्ने देखावटी खेल मात्र भएको उनको भनाई थियो ।

‘मध्याअवधि निर्वाचनको बहानामा संसद भंग गर्ने देखावटी खेल मात्र हो । भित्री रहस्य हिन्दु राष्ट्र कायम गर्ने र राजतन्त्र पुनःस्थापना गर्ने हो’,महामन्त्री सिंहले भने,‘ त्यसको पुष्टि २÷ पटक संसद अवरुद्ध गर्ने,पशुपतिनाथ मन्दिरमा सुन चढाएर पुजा गर्नेदेखि चितलनमा राम मन्दिर स्थापना गर्नेलगायतका सक्रियताले पुष्टि गर्छ ।’ उनले केपी शर्मा ओलीका गतिविधिहरु नेपाललाई धर्मनिरपेक्षताबाट हटाएर हिन्दु राष्ट्र कायम गर्ने र त्यसैको आडमा राजतन्त्र पुनःस्थापना गर्नेतर्फ केन्द्रीत रहेको बताए । उनका गतिविधिले गणतन्त्रसँगै धर्मनिरपेक्ष राष्ट्र खतरामा परेको महामन्त्री सिंहको भनाई थियो ।

महामन्त्री सिंहले प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरालाई हटाउन गठबन्धनभित्र विकल्पहरुको खोजि भइरहेको बताए । सर्वोच्च अदालतमा भएको आन्दोलनका कारण अहिले गम्भीर समस्या देखिएको भन्दै उनले आन्दोलनलाई लामो समयसम्म जान दिन नहुने बताए ।

‘प्रधानन्यायधीशका विरुद्धमा न्यायाधिशहरु र बारलगायतको आन्दोलन सहि छ । न्यायीक सुधारका लागि प्रधानन्यायधीशलाई हटाउनै पर्छ’,उनले भने,‘त्यसको विकल्प भनेको उनले राजीनामा दिने हो । तर त्यसको सम्भावना कम देखिन्छ ।’ न्यायालयमा देखिएको समयमा समाधानका लागि गठबन्धनमा कुरा भइरहेको उनको भनाई थियो । प्रधानन्याधीशलाई हटाउन कार्यपालिकासँग धेरै विकल्प नभएको भन्दै उनलाई हटाउन महाअभियोगकोमात्र विकल्प रहेको बताए । तर त्यसका लागि गठबन्धनले मात्र प्राप्त नहुने बताए । ‘न्यायपालिकाको विषयमा कार्यपालिकासँग धेरै विकल्प छैन । उनलाई हटाउनका लागि महाअभियोग मात्र विकल्प हो’,उनले भने,‘तर त्यसका लागि संसदमा दुईतिहाई बहुमत आवश्यक छ । तर त्यो बहुमत गठबन्धनसँग छैन ।’

उनले सर्वोच्चमा देखिएको विवादमा खेलेर एमाले प्रतिगठन ठिक थियो भन्ने पुष्टि गर्ने पक्षमा लागेको बताए । ‘सर्वोच्च देखिएको विवादमा खेलेर एमालेले संसद विगठन ठिक थियो भन्ने पार्न खोजेको छ’,उनले भने,‘त्यही कारण प्रधानन्यायाधिश मात्र होइन सवै न्यायधिशहरुको राजिनामा मागिरहेको छ ।’ अहिलेको गठबन्धन सरकारलाई असफल बनाउने र प्रतिगमन ठिक थियो भन्ने प्रमाणित गर्ने दाउमा एमाले लागेको उनको आरोप थियो । संसदीय व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान नहुने भन्दै नयाँ जनवादी क्रान्ति आवश्यक रहेको बताएका थिए ।

Blog Post Ad

एमसीसी पास गर्नुहुदैन

त्यस्तै महामन्त्री सिंहले नेपालमा एमसीसी पास गर्न नहुने बताएका छन् । उनले एमसिसी पास गर्नका लागि पटक पटक दवाफ दिने गरेको भन्दै उनले एमसिसी नेपालको हितमा नभएकाले पास गर्न नहुने बताएका हुन ।

अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) लागू गराउन पटक पटक अमेरिकी डेलिगेसन आएपनि उनीहरु पास गराउन सफल नभएको उनको भनाई थियो । उनले मंसिरको २५ गतेसम्म एमसिसी पास गराउन दबाफ दिएपनि त्यो पास नहुने बताएका हुन ।
प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजालको अध्यक्षतामा भएको थियो । बसन्त पौडेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन कृष्ण आचार्यले गरेका थिए ।

Blog Post Ad Blog Post Ad