Ad Area

भरतपुर (आईटिएफ) तेक्वान्दो च्याम्पियन


दाङ,५ मंसिर ।

जिल्लास्तरीय (आईटिएफ) तेक्वान्दो च्याम्पियनसिपमा घोराहीको भरतपुर (आईटिएफ) तेक्वान्दो डोजाङ प्रथम भएको छ । चौघेरा (आईटिएफ) तेक्वान्दो डोजाङको आयोजना तथा दाङ जिल्ला (आईटिएफ) तेक्वान्दो संघको सहकार्यमा भएको प्रतियोगितामा भरतपुर आईटिएफ तेक्वान्दो डोजाङ प्रथम भएको हो ।
जिल्लाका पाँच वटा डोजाङहरुको सहभागिता रहेको प्रतियोगितामा ६ स्वर्णसहित भरतपुर डोजाङ प्रथम हुन सफल भएको हो । जसमा भरतपुर ३ रजत र ४ काश्य पदक प्राप्त गर्न सफल भएको थियो । उक्त प्रतियोगितामा आयोजक चौघेरा आईटिएफ तेक्वान्दो डोजाङ ३ स्वर्ण, ४ रजत र २ काश्यसहित दोश्रो स्थान प्राप्त गरेको दाङ जिल्ला (आईटिएफ) तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् ।
अध्यक्ष थापाका अनुसार प्रतियोगितामा गुलरिया आईटिएफ तेक्वान्दो डोजाङ ३ स्वर्ण, ३ रजत र ५ काश्य पदकसहित तेश्रो स्थान हुन सफल भएको थियो । प्रतियोगितामा बिजेता खेलाडीहरुलाई दाङ खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठले प्रमाण, मेडल र टर्फी प्रदान गरेका थिए । कार्यक्रममा बिजेता खेलाडीहरुलाई प्ुरस्कार वितरण गर्दै प्रमुख अतिथि श्रेष्ठल स्वास्थ्यसँगै आत्मरक्षाका लागि आईटिएफ तेक्वान्दो खेल हरेक व्यक्तिहरुका लागि आवश्यक रहेको बताएका थिए । उनले आईटिएफ तेक्वान्दो खेलको विकासका लागि जिल्लामा आफुले सक्ने सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

उक्त प्रतियोगिता जिल्लाका पाँच वटा डोजाङका एक सय ५० बढी खेलाडीहरुको सहभागिता रहेको थियो । चौघेरा (आईटिएफ) तेक्वान्दो डोजाङका अध्यक्ष मिनराज घिमिरेको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन गर्दै घोराही उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष खुशीराज चौधरीले राष्ट्रको गहनाका रुपमा रहेको खेलको विकाससँगै खेलाडीहरुको व्यक्ति विकासका लागि खेलक्षेत्रको विकास हुन आवश्यक रहेको बताए ।

त्यसका लागि स्थानीय तहका तर्फबाट आफुले सक्ने सहयोग गर्न सधै तयार रहेको समेत बताए । कार्यक्रममा दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका सस्थापक अध्यक्ष प्रेम बुढा, वडा नं. १७ का वडा सदस्य तुलप्रसाद घिमिरे,गोरक्षरत्ननाथ मावि चौघेराका प्रधानाध्यापक श्यामलाल मल्ल, दाङ आईटिएफ तेक्वान्दो संघका उपाध्यक्ष आकाश विश्वकर्मा, कोषाध्यक्ष झक्मा विष्ट बस्नेत, गिरिराज घिमिरेलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सल्लाहकार केशव गिरीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad