Ad Area

एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा


काठमाडौं,५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उपाध्यक्ष रावतले १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध बनाउने प्रयास असफल हुने देखिएको छ । पछिल्लो समय ओली निकट मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेकै कतिपय नेताहरुले समते ओलीको विकल्प नभएको बताएका थिए ।

तर १० बुँदे सहमति गरेर एमालेमा बसेका उपाध्यक्ष रावलले आइतबार पत्रकार सम्मेलन गरी दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले ओलीलाई फेरि अध्यक्षमा दाबी नगर्न आग्रह गरेका छन् ।

पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री भएर गर्न सक्ने काम गरेको भन्दै उनले भने नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा नदोहोरिने घोषणा गरेकाले अव ओलीलाई अध्यक्षमा नउठ्न समेत आग्रह गरे ।

Blog Post Ad Blog Post Ad