Ad Area

निर्वाचनबाट चुनिए कांग्रेसका नेतृत्व


अमरराज आचार्य

दाङ, ६ मंसिर । नेपाली कांगे्रसको १४औं महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नं. १ प्रदेश (क) को सभापतिमा श्रीपत चौधरी निर्वाचित भएका छन् । उनले २ सय २१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी ताराबहादुर डिसीले १ सय ५५ मत प्राप्त गरेका थिए । उपसभापतिमा जगदम्वाकुमारी चौधरीले २ सय ३६ मत र महाबीर चौधरीले २ सय २४ मत प्राप्त गरेका थिए ।

उपसभापतिका उम्मेदवार पार्वती भुसालले १ सय ४० र हस्तबहादुर गुरुङले १ सय ३१ मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा माधव सापकोटाले २ सय २५ मत र सुरज खड्काले २ सय ११ मत प्राप्त गरेका थिए । सचिव पदका उम्मेदवार कृष्णप्रसाद शर्माले १ सय ३९ र शनिराम चौधरीले १ सय ५४ मत प्राप्त गरेका थिए । सहसचिवमा भीमबहादुर चौधरीले २ सय २० मत र रामजानकी यादवले २ सय ७ मत प्राप्त गरेर विजयी भएका थिए भने सहसचिवका उम्मेदवार आशिष पौडेलले १ सय ४७ र रामप्रकाश यादवले १ सय ३८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी क्षेत्र नं. १ (ख) मा सभापति पदका उम्मेदवार दिनेश गिरी निर्वाचित भएका छन् । गिरीले २ सय १० मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृत रेशम गिरीले जानकारी दिए । उनका प्रतिष्पर्धी दिवाकर योगीले ८१ मत प्राप्त गरेका छन् । त्यस्तै उपसभापति पदका उम्मेदवार दामोदर पौडेलले २ सय ४ र गोपाल नेपालीले २ सय ११ मत प्राप्त गरी निर्वाचित भएका छन् । पौडेल र नेपालीका प्रतिष्पर्धी ओमकार यादवले ८४ र हिमराज डिसीले ७९ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिवमा लालबीर खड्काले १ सय ८९ र मंगलप्रसाद चौधरीले २ सय १८ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिष्पर्धी सुमित्रा विकले ७६ र रामप्रसाद चौधरीले ९० मत प्राप्त गरेका थिए । त्यस्तै प्रदेश सहसचिवमा कुलबहादुर बुढा मगरले २ सय १४ र हुर्मतकुमार बोहराले १ सय ८७ मत प्राप्त गरी निर्वाचित भएका छन् । मगर र बोहराका प्रतिष्पर्धी मानबहादुर यादवले ७८ र महेशकुमार चौधरीले ९० मत प्राप्त गरेका छन् । कुल ३ सय १० मतदाता संख्या रहेकोमा ३ सय ५ मत खसेको र ४ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यसैगरी क्षेत्र नं. २ (क) को सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १ सय ६८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका प्रतिष्पधी दुर्गाबहादुर घर्तीले १ सय २८ मत प्राप्त गरेका थिए । उपसभापतिमा तिलकबहादुर भण्डारी क्षेत्रीले १ सय ६० मत र पदमबहादुर खत्रीले १ सय ८७ प्राप्त गरी विजयी भएका छन् भने उपसभापतिका प्रतिष्पर्धी बलबहादुर वलीले १ सय १६ मत र सीता पुनमगरले १ सय ७ मत प्राप्त गरेका थिए ।

Blog Post Ad

सचिवमा शिशिर अधिकारीले १ सय ६३ र मायाकुमारी पोख्रेलले १ सय ५१ मत ल्याएर विजयी भएका हुन् । सचिवका प्रतिष्पर्धी प्रकाश पाण्डेले १ सय ४ र युवराज आचार्यले १ सय ५० मत ल्याएका थिए । सहसचिवमा विष्णुप्रसाद पोख्रेलले १ सय ५५ मत, भुवनकुमार चौधरीले १ सय ५२ मत प्राप्त गरेर विजयी भएका थिए । सहसचिवका प्रतिष्पर्धीहरु विकास घर्तीले १ सय ३८ र माधवप्रसाद चौधरीले १ सय १३ मत प्राप्त गरेका थिए ।

त्यस्तै क्षेत्र नं. २ (ख) को सभापतिमा अभियान बस्नेत निर्वाचित भएका छन् । उनले १ सय ७० मत प्राप्त गरेका हुन् । उनका प्रतिष्पर्धी लालबहादुर गिरीले १ सय ६५ मत प्राप्त गरेका थिए । उपसभापतिमा शरद बिक समीपले २ सय १६ र ज्ञानबहादुर खत्रीले १ सय ८४ मत प्राप्त गरेर विजयी भएका हुन् भने उपसभापतिका प्रतिष्पर्धीहरु गोविन्दप्रसाद दाहालले १ सय ५ र विष्णुकुमार देवकोटाले १ सय २७ मत प्राप्त गरेका थिए ।

सचिवमा डिल्लीबहादुर वलीले २ सय ३८ मत र तिलकबहादुर खत्रीले १ सय ८७ मत ल्याएर विजयी भएका छन् भने सचिवका प्रतिष्पर्धी नोखीराम केसीले १ सय १६ मत र शिवराज बस्नेतले ९७ मत प्राप्त गरेका थिए । सहसचिवमा निर्मला न्यौपानेले २ सय १० मत, युद्धबहादुर डिसी (सन्तोष) ले २ सय १२ मत ल्याएर विजयी भएका छन् भने सहसचिवका उम्मेदवार लौटनकुमार चौधरीले १ सय १२ मत, सीता दाहालले १ सय ६ मत प्राप्त गरेका थिए ।

त्यसैगरी क्षेत्र नं. ३ प्रदेश (क) को सभापतिमा देबेन्द्र रिजाल निर्वाचित भएका छन् । रिजालले १ सय ९१ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । उनका प्रतिष्पर्धी बलिराम खत्रीले १ सय ५२ मत प्राप्त गरे । सार्वजनिक मत परिणामअनुसार रिजालले खत्रीलाई ३९ मतान्तरले पराजित गरेका छन् । त्यस्तै उपसभापतिमा पुष्पराज गिरीले १ सय ९४ र शालिकराम रेग्मी १ सय ८० मत प्राप्त गरी बिजयी भएका छन् ।

उनीहरुका प्रतिपष्पर्धीहरु खुसलराम खड्काले १ सय ३९ र लेखकुमार कार्कीले १ सय ५६ मत प्राप्त गरेका थिए । त्यस्तै सचिव पदमा तेजबिक्रम डाँगी १ सय ९८ मत प्राप्त गरी बिजयी भएका छन् । सचिव पदमा रिजाल टिमका उम्मेदवार रेशमकुमार खत्रीले १ सय ४७ र खत्री टिमका डम्मरबहादुर भण्डारीले १ सय २९ मत प्राप्त गरेका थिए । त्यस्तै सहसचिव पदमा रिजाल टिमका रञ्जन गौतमले १ सय ७४ र राजेन्द्र महतराले १ सय ७९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पर्धीहरु चन्द्रमान खड्काले १ सय ५६ र लिलामणि चौधरीले १ सय २९ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यस्तै क्षेत्र नं. ३ प्रदेश (ख) को सभापतिमा खिमबहादुर वली निर्वाचित भएका छन् । निर्वाचित वलीले २ सय ६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी टिकाराम घर्तीले २ सय ३२ मत प्राप्त गरेका थिए । अर्का प्रतिष्पर्धी चूडामणि ढकालले २२ मत मात्रै प्राप्त गरेका छन् । त्यस्तै उपसभापतिमा द्रोर्णप्रसाद देवकोटाले ३ सय १० र फर्शाराम डाँगीले २ सय ९६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनीहरुका प्रतिपष्पर्धीहरु दिलिप बिसी १ सय ५३ र नविन योगीले २ सय ४८ मत प्राप्त गरेका थिए । यहाँ सचिव पदमा भद्रबहादुर खड्का २ सय ९४ र लेवाराम आचार्य २ सय ७३ मत प्राप्त गरी बिजयी भएका छन् । उनीहरुका प्रतिष्पर्धीहरु ढुण्डीराज न्यौंपाने १ सय ८७ र देवीराम कुसारीले २ सय ३३ मत प्राप्त गरेका छन् ।

त्यस्तै सहसचिव पदमा रमेश भण्डारी २ सय ८७ र रोशनजंग शाह ३ सय ४१ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पर्धीहरु कुलबहादुर खत्री १ सय ९० र महेन्द्र चौधरीले १ सय ६२ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad