Ad Area

अस्पतालमा जाने विरामीको संख्या बढ्यो


दाङ, ६ मंसिर ।

जाडोयाम सुरु भएसँगै वायु प्रदुषण बढेको छ । चिसो मौसममा अन्य समयको भन्दा विभिन्न रोग गराउने भाइरस र जीवाणुहरू बढी सक्रिय हुने भएकाले अस्पतालमा पनि बिरामीको सङ्ख्या बढ्न थालेको छ ।

हिजोआज देशका अधिकांश अस्पतालमा चिसो र प्रदूषणका कारण स्वास्थ्य समस्या भएर जचाउन अस्पताल आउनेहरूको सङ्ख्या बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा.किजन महर्जनले बताए ।

बाँकेको भेरी अस्पतालमा पनि पछिल्लो २ सातादेखि अस्पताल आउने बिरामीमा आँखा चिलाउने, श्वास फेर्न गाह्रो हुने, दमको समस्या देखिने गरेको अस्पतालका प्रमुख विशेषज्ञ डा.राजन पाण्डेले जानकारी दिएका छन् ।

चिसो सुरुभएसँगै प्रदूषण बढ्ने र यसैका कारण बिरामी भएर अस्पताल आउने क्रम हरेक वर्ष चल्ने गरेको छ । चिसो, वायु प्रदूषण र कोरोना सङ्क्रमणमा मिल्दोजुल्दो लक्षण देखिने छातीरोग विशेषज्ञ डा.प्रकाश पौडेलले बताए ।

नेपालमा वर्षेनि चिसोका कारण लाग्ने रोगहरूबाट १० लाखभन्दा बढी मानिसहरू प्रभावित हुन्छन् भने १ देखि २ सयको हाराहारीमा मृत्यु हुने गरेको सरकारको तथ्याङ्कले देखाएको छ ।

Blog Post Ad

दुई वर्षदेखि कोरोना महामारीसँग लड्दै र सावधानी अपनाउँदै धेरैको दैनिकी फेरिएको पनि छ । तर चिसो मौसममा देखिने रोग र कोरोनाको लक्षण मिल्ने भएका कारण पनि कुनै समस्या भए वेवास्ता नगरी, स्वास्थ्य जाँचलाई प्राथमिकता दिन चिकित्सकहरूको सुझाव छ ।

Blog Post Ad Blog Post Ad