Ad Area

एभरेष्ट तेक्वान्दो प्रतियोगितामा अल्फाको सानदार प्रदर्शन


दाङ,९ पुस । चितवनको भरतपुरमा भएको तेस्रो माउण्ट एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा दाङको अल्फा तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गरेको छ ।

यही पुस ७ र ८ गते सम्पन्न तेस्रो माउण्ट एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा सहभागी भएका अल्फा तेक्वान्दो डोजाङका खेलाडीले उत्कृष्ट प्रदर्शनसहित पदक जित्न सफल भएका हुन । अल्फा तेक्वान्दो डोजाङकी मुख्य प्रशिक्षक सुनिता विष्ट र दामु शर्माको नेतृत्वमा प्रतियोगितामा भाग लिएका १० खेलाडीमध्ये नौ जनाले पदक जित्न सफल भएका हुन ।

उक्त प्रतियोगितामा जस्मिन चौधरी, ममता रिजाल र रोजित खड्काले स्वण पदक जित्न सफल भएका हुन । त्यसैगरी सुनिता बिष्ट, टाइसन बिष्ट र अस्मिता बुढाले रजत पदक र दामु शर्मा, विमल योगी र निशा पुनले काश्य पदक हात पार्दै प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङलाई उत्कृष्ठ डोजाङका रुपमा स्थापित गर्न सफल भए ।

तेक्वान्दो खेलमा उत्कृष्ठ प्रदर्शन गर्दै आएका अल्फा तेक्वान्दो डोजाङका खेलाडीद्वय जस्मिन चौधरी र ममता रिजालले तेश्रो माउण्ट एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मीबाट भाग लिएका थिए । प्रतियोगिताका बिजेता खेलाडीहरुले मेडल, प्रमाणपत्र प्राप्त गरेका हुन । त्यसैगरी प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङले आयोजकको तर्फबाट करीव ३० हजार बराबरको खेल सामाग्री समेत प्राप्त गरेको थियो ।

प्रशिक्षक बिष्टले कोरियन एम्बास्डर अन्तर्राष्ट्रिय प्रतियोगितापछि निरन्तरको खेल तालिका एवं प्रतियोगिताहरु भएकाले खेलाडीले प्रयाप्त तालिम लिन नपाउनुका साथै व्यक्तिगत लगानीमै प्रतियोगिता खेल्नुपर्ने बाध्यताका कारण उत्कृष्ट खेलाडीहरुले प्रतियोगिता लेख्न नपाएको बताइन । ‘अल्फा तेक्वान्दो डोजाङमा उत्कृष्ठ प्रदर्शन गर्ने धेरै खेलाडीहरु छन् तर उनीहरुले प्रयाप्त प्रशिक्षणको अभाव र व्यक्तिगत लगानीमा सहभागी बन्नु बाध्यताका कारण सहभागी हुन सकिनन्’,प्रशिक्षक विष्टले भनिन्,‘प्रतियोगितामा सिमित खेलाडीहरु सहभागी भएपनि उनीले गरेको क्षमता प्रदर्शनले खुसी दिलाएको छ ।’

साथै उनले खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकासका लागि राज्यले लगानी गर्नुपर्ने बताउँछिन् । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरी बल एपिएफसँगै देशभरका बिभिन्न प्रतिष्ठित डोजाङका ६ सय बढी खेलाडीको सहभागीता रहेको थियो । २०१७ देखि सुरु भएको उक्त प्रतियोगीतामा तेस्रो संस्करणमा आइपुग्दा लगातार प्रथम बन्दै त्रिभुवन आर्मी क्लबले ह्याट्रिक पुरा गर्नुका साथै संस्करणको बिजेता बन्दै नगद एकलाख पुरस्कार समेत जित्न सफल भको थियो । त्यसैगरी लुम्बिनी प्रदेशकै बुटवल तेक्वान्दो टिम दोस्रो र सशस्त्र प्रहरी बलको टिम तेस्रो हुन सफल भएका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad