Ad Area

स्ट्रेथलिफ्टिङमा प्रदीप र प्रतिकलाई डवल पदक


दाङ,११ पुस । दाङका प्रदीप चन्द र प्रतिक चौधरीले १० औं विश्व स्ट्रेथलिफ्टिङ र इन्क्याल बेन्च प्रेस च्याम्पियनसिप–२०२३ मा दोहोरो पदक जितेका छन् ।

भारतको हैदाराबादमा पुसको पहिलो साता भएको च्याम्पियनसिपमा प्रदिपले एक स्वर्णसहित दुई र प्रतिकले दुई रजत पदक जित्न सफल भएका हुन । च्याम्पियनसिपमा जुनिरको ७६ केजी तौल समूहमा प्रतिष्पर्धा गरेका प्रदीपले इन्क्याल बेन्च प्रेसमा स्वर्ण र स्टे«थलिफ्टिङमा रजत गरेर दुई पदक जित्न सफल भएका हुन ।

त्यसैगरी सिनियर ७६ केजी तौल समुहमा प्रतिष्पर्धा गरेका दाङकै प्रतिक चौधरीले स्टे«थलिफ्टििङ र इन्क्याल बेन्च प्रेसमा डबल रजत पदक जित्दै च्याम्पियनसिपमा दुई खेलाडीले एक स्वर्णसहित चार पदक जित्न सफल भएका हुन । १० औं विश्व स्ट्रेथलिफ्टिङ र इन्क्याल बेन्च प्रेस च्याम्पियनसिपमा नेपालका विभिन्न ठाउँमा ३५देखि ४० जनासम्म सहभागी खेलाडीहरुको सहभागीता रहेको थियो ।

प्रदीप घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको ए–बी फिटनेट सेन्टर र प्रतिक घोराही–१५ मा रहेको क्रेटिभ फिटनेस सेन्टरबाट सहभागी भएका थिए । उक्त प्रतियोगितामा नेपाल, भारत,अमेरिका, युरोपलगायतका १६ देशका खेलाडीहरुको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad