Ad Area

शुभलक्ष्मीले निर्माण गरेको बिश्रामालय हस्तान्तरण


दाङ,१५ पुस । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा रहेको शुभलक्ष्मी वचत तथा ऋण सहकारी सस्था लिमिटेडले घोराही–५ धारापानी मन्दिरमा निर्माण गरेको बिश्रामालय एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरेको छ ।

सहकारीको सामाजिक सुरक्षा कोष अन्तरगतको सात लाख २२ हजार ५ सय ३५ रुपैयाँँमा बिश्रामालय निर्माण गरेको हो । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले सहकारीले सामाजिक कार्यको काम गरेकोमा खुशी ब्यक्त गरेका छन् ।

दाङको प्रमुख पर्यटकिय केन्द्र बनेको धारापानीमा आउने भक्तजनलाई बिश्रामस्थल बनायर सबैलाई सहज भएको बताएका हुन । सामाजिक कार्यमा सबैको साथ सहयोग भएमा सार्बजनिक स्थलमा बिकास हुने नगर प्रमुख चौधरीको भनाइ रहेको थियो ।

उनले धारापानीमा बिश्रामालयसँगै खान र बस्न मिल्ने राम्रो होटेल व्यवसाय आवश्यक रहेको बताएका थिए । घोराही उपमहानगरपालिका वडा नम्बर –६ का अध्यक्ष बिस्णुराम आचार्यले सहकारीले धारपानी धामलाई बिश्रामालय निर्माण गरेर स्तान्तरण गरेकोमा खुशी व्यक्त गरेका छन् ।

धारापानी मन्न्दिर ब्यबस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले सहकारीले सामाजिक कार्य गर्न खोजेको र सो कामको लागि स्थान उपलब्ध गरायर सहयोग गर्न पायकोमा खुशी ब्यक्त गर्दै सहकारीलाई धन्यवाद दिएका छन् । उनले आगामी दिनहरुमा पनि मन्दिरका लागि यस्तै सहयोग आवश्यक रहेको बताए ।

उपमहानगरपालिकाले कोसेली घरमा बनायर मन्दिरमा आउने भक्तजनले स्थानीय उत्पादन लैजाने गरेको बताए । सहकारीका पूर्व अध्यक्ष एव बिश्रामालय निर्माण उपसमितिका संयोजन श्रीधर शर्मा पौडेलले सहकारीले केही सामाजिक काम गरौ भन्ने उद्देश्यले विश्रामस्थल बनाएको बताए ।

Blog Post Ad

शिक्षा उपसमितिका संयोजक कृष्णकुमार न्यौपानेको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियोे । सहकारी सस्थाका अध्यक्ष शरदकुमार आचार्यको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण सचिव बिष्णुुप्रसाद अधिकारीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad