Ad Area

समुदायमा कांग्रेस अभियान माघ ७ गतेदेखि


काठमाडौं,१५ पुस । नेपाली कांग्रेसले पुस १६ देखि एक महिनासम्म सञ्चालन गर्ने भनेको समुदायमा कांग्रेस अभियान केन्द्रीय समितिले निर्णय गरेको भोलिपल्टै संशोधन गरेको छ ।

अब उक्त अभियान माघ ७ देखि माघ २२ गतेसम्म सञ्चालन गरिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् । बिहीबारदेखि शनिबारसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ७ देखि २२ माघसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पहिले एक महिना सञ्चालन गर्ने भनिएको अभियान १५ दिनमा झारिएको छ । माघ ७ गते सुरु गर्ने उक्त अभियानमा माघ १२ गतेदेखि पार्टीका केन्द्रीय प्रतिनिधिहरु खटिनेछन् । यस हिसाबले अभियान केबल १० दिनको हुनेछ । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते रहेकाले यो अभियान प्रभावित भएको कांग्रेसको भनाइ छ ।

Blog Post Ad Blog Post Ad