Ad Area

दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु


घोराही, १६ पुस । दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत दुधरासमा बसले ठक्कर दिदा विद्यार्थीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको भे १ ख ३६९७ नम्बरको बसको ठक्करबाट दुधरास स्कुलमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट विद्यार्थीको मृत्युपछि आक्रोसित स्थानीयले बसमा तोडफोडसँगै घोराही–तुलसीपर सडकखण्ड अवरुद्ध गरेका छन् ।

Blog Post Ad Blog Post Ad