Ad Area

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना


घोराही, १६ पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि साेमबार दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० का लागि घोराही उपमहानगरपालिका–१५ स्थीत प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । निर्वाचन आयोगको निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेकाले अव आयोगको कार्यतालिका अनुसार निर्वाचनका कार्यक्रमहरु अघि बढ्ने निर्वाचन अधिकृत कार्कीले जानकारी दिनुभयाे । राष्ट्रियसभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनित एक गरी २० सदस्यको कार्यकाल सकिँदैछ । जसअनुसार लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि दुई सदस्यका लाग निर्वाचन हुनेछ । निर्वाचन अधिृकतको कार्यालय स्थापना कार्यक्रममा निर्वाचन अधिकृत कृपासुर कार्की, लुम्बिनी प्रदेश निर्वाचन कार्यालय प्रमुख लक्ष्मीदत्त कलौनीलगायतको उपस्थिति रहेको थियो ।

Blog Post Ad Blog Post Ad