Ad Area

मेयर कप फुटबलमा वडा नम्बर ३, १३ र १५ विजयी


घोराही, २३ पुस । घोराहीमा जारी छैठौं संस्करणको मेयर कप फुटबलको चौथो दिन सोमबार भएको खेलमा वडा नम्बर १५, १३ र ३ विजयी भएका छन ।

घोराही १८ नवलपुर फुटबल मैदानमा सोमबार भएको पहिलो खेलमा वडा नम्बर १५ ले वडा नम्बर २ लाई २–० गोल गर्दै पराजित गरेको छ । वडा नम्बर १५ का सरोज रोका र सुशील बानियाँले १–१ गोल गर्नुभयो । यसँगै वडा नम्बर १५ समुह चरणको खेलमा २ खेलमै जीत निकालेको छ भने वडा नम्बर २ ले एक खेलमा बराबरी र सोमबार भएको खेलमा हार व्यहोरेको छ ।

दिउँसो भएको अर्काे खेलमा वडा नम्बर १३ ले वडा नम्बर ७ लाई १–० गोलले हराएको छ । वडा नम्बर १३ का उज्ज्वल चौधरीले एक गोल गर्दै लिग चरणमा टीमलाई अपराजित राख्न सफल हुनुभयो ।

लिग चरण अन्तरगत सोमबारको अन्तिम खेलमा वडा नम्बर ३ ले वडा नम्बर १२ लाई २–० गोलले हराएको छ । वडा नम्बर ३ का लागि दुवै गोल केशव नेपालीले गर्नुभयो । पुस २० गतेबाट शुरु भएको मेयर कप फुटबल माघ १३ गतेसम्म चल्नेछ ।

Blog Post Ad

लिग कम नकआउटका आधारमा खेलाईने मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । लिग चरणको खेल माघ ६ गतेसम्म हुनेछ । क्वाटर फाईनल माघ ८ र ९ गते हुनेछ भने सेमिफाईनल माघ ११ गते तथा फाईनल खेल माघ १३ गते हुने घोराही नगर स्तरीय खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad