Ad Area

जनता माविमा नेविसंघको इकाइ गठन


दाङ,२५ पुस । बबई गाउँपालिका–३ मा रहेको श्री जनता माध्यामिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाइ समिति गठन गरिएको छ । नेपाल विद्यार्थी संघको संगठन विस्तार अभियानअन्तर्गत मंगलवार विद्यालयमा भएको विद्यार्थीहरुको भेलाले हेमराज वलीको अध्यक्षतामा इकाइ समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा कमल वली, चित्रकला खड्का, दिपा परियार, सनिता पाता, सचिवमा भीमकला वली, सहसचिवमा विवेक वली र रमेश नेपाली, कोषाध्यक्षमा बिष्णी विक रहेका छन् । त्यसैगरी सदस्यहरुमा निर्मला वली, दुर्गा खत्री, श्रीजना पाता, अञ्जु विक, टेककुमारी वली, गीता विश्वकर्मा, दीपा वली, टीकामाया वली रहेका छन् ।

नेपाल विद्याथीं सघ जिल्ला सदस्य तथा बबई गाउँपालिका संगठन विस्तार अभियानका संयोजक सचिन गौतमको अध्यक्षतामा भएको भेलामा नेपाली कांग्रेस बबई गाउँपालिका वडा नं. ३ का सभापति महारुद्र अधिकारी, वडा नं. ५ का सभापति झुपु क्षेत्री, नेपाल विद्याथीं संघ दाङका अध्यक्ष कुलराज पोख्रेल, विद्यार्थी नेताहरु प्रमोद भण्डारी, ममता केसी, रमिला शर्मा, प्रविन भण्डारी, लक्ष्मण खत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Blog Post Ad Blog Post Ad