Ad Area

त्रिवि सुधारका लागि स्ववियुद्वारा प्रदर्शन


दाङ,२५ पुस । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा भइरहेको चरम लापरवाही हट्नुपर्ने माग राख्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । देशव्यापी कार्यक्रमअन्तर्गत बुधवार दिउँसो घोराहीस्थीत महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले सांकेतिक विरोध जनाएका हुन ।

विश्वविद्यालय भइरहेको चरम लापरवाही हटाउँदै शैक्षिक सुधारका लागि दवाफ दिने उद्देश्यले महेन्द्र बहुमुखी क्याम्पस स्ववियुको आयोजनामा विभिन्न नारा लेखिएका प्लेकार्डसहित सांकेतिक रुपमा विरोध गरेको स्ववियु सभापति मनोज डिसीले जानकारी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा करिव दुई साताअघिदेखि स्ववियुको आयोजनामा विरोधका कार्यक्रमहरु भइरहेका छन् । सोही कार्यक्रमअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पसमा पनि सांकेतिक विरोध प्रदर्शन गरिएको स्ववियु सभापति डिसीले जानकारी दिए ।

उनका अनुसार स्ववियुले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त निष्पक्ष हुनुपर्ने, समयमै नतिजा प्रकाशन गर्नुपर्ने, त्रिवि सेवा आयोग तत्काल खोल्नुपर्ने, प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्ने, बार्षिक शैक्षिक क्यालेन्डर प्रकाशन गर्नुपर्ने,त्रिविअन्तर्गत हुने हरेक परिक्षाहरुमा प्रश्नपत्रहरु नेपाली र अंग्रेजी दुवै भाषामा हुनुपर्ने र कर्मचारीहरुको गैरजिम्मेवारीपनको अन्त्य हुनुपर्ने मागसहित सांकेतिक विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad