Ad Area

दङ्गीशरणमा  खुला फुटबल प्रतियोगिता सुरु 


लक्ष्मण बस्नेत

दाङ,२५ पुस । दाङको बालापुरमा बुधबारदेखि 7-A साईड खुला पुरुष फुटबल पुसप्रतियोगिता २०८० सुरु भएको छ  ।

बालापुर युवा क्लबको आयोजनामा मावि बालापुर खेल मैदानमा संचालित प्रतियोगिताको दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले उद्घाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष गिरीले सिङ्गो राष्ट्रको सान र गौरव जोडिएको खेलकुदको बिकास स्थानीयस्तरबाट गर्नुपर्ने बताए ।

`मानव स्वास्थ्यको अभिन्न अंग खेलकुद सिङ्गो राष्ट्रको पहिचान हो´,उनले भने,` यसको बिकास स्थानीयस्तरबाट गर्न सके खेलकुदले फड्को मार्नेछ।´  राष्ट्रलाई अन्तरास्ट्रियस्तरमा स्थापित गराउने एक दरिलो माध्यम खेलकुद मात्र भएकाले दक्ष खेलाडी उत्पादनमा स्थानीय सरकारको भूमिकालाई थप सक्रिय बनाएको उनको भनाई थियो ।

प्रतियोगिताको उद्घाटन समारोह बालापुर युवा क्लबका अध्यक्ष नवीन गिरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरिको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका वडा न २ का अध्यक्ष भीमबहादुर योगी र दङ्गीशरण गपालिका वडा न ५ का अध्यक्ष निरज बस्नेतको विशिष्ट आतिथ्यमा भएको थियो ।

 कार्यक्रमको संचालन दङ्गीशरण गाउँपालिका प्रस संयोजक प्रमोद आचार्यले गरेका थिए । यसैबिच प्रतियोगिताको पहिलो दिन भएका खेलमा जनप्रिय बोर्डिङ स्कुल बालपुर र मीन बहादुर फाउन्डेसन तुलसीपुर ३ ले बिजयी यात्रा सुरु गरेका छन् । जनप्रियले दुधेना फुटबल क्लबलाई सुन्यका विरुद्ध एक गोलले पराजित गर्दै बिजयी सुरुवात गर्दा एमवाईसी पोटलीलाई एकका बिरुद्ध दुई गोल गर्दै मीन बहादुर फाउन्डेसनले बिजयी यात्रा सुरु गरेको हो ।

Blog Post Ad

प्रतियोगिता अन्तरगत बिहीबार बिहान तकियापुर फुटबल क्लब र गोटोखोलाबिच पहिलो खेल बिहान ८ बजेदेखि सुरु हुनेछ । त्यस्तै दोस्रो खेलमा मावि बालापुर र दङ्गीशरण फुटबल क्लब भिड्नेछन् । प्रतियोगिता अवधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा,खुम बहादुर वली,बिनोद बिक र आदेश केसी रहेका छन ।

प्रतियोगिताको बिजेताले नगद २५ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ भने उपबिजेताले नगद १५ हजार कप मेडल प्रमाणपत्र हात पार्ने बालापुर युवा क्लबका दिपेश गिरिले जानकारी दिएका छन । पुस २७ गतेसम्म चल्ने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।

Blog Post Ad Blog Post Ad