Ad Area

घोराहीको न्यायीक समितिप्रति नागरिकको बढ्दो भरोसा


घोराही, ८ माघ । घोराही उपहानगरपालिका वडा नम्बर ४ का एक बालक बुवा आमाको स्याहार र संरक्षण पाउनबाट वञ्चित थिए । उनको स्याहार सुसार मावलीमा भईरहेको थियो । पढ्ने उमेर भएपछि जन्मदर्ता र अरु कागजी प्रकृया पूरा गर्नुपर्ने समस्या आईलाग्यो । बच्चाको आमा अर्कै व्यक्तिसँग विहेगरी गईसकेको तथा बुवाको पहिचान भई नसकेको जटिल अवस्थामा मावली बाजेले न्यायको याचना गर्दै न्यायीक समितिमा उजुरी दिनुुभयो ।

त्यसपछि न्यायीक समितिले छानबीन प्रकृया अघि बढाएपछि आमा र पहिचान नभएका भनिएका बुवाको टुंगो लाग्यो । सामाजिक प्रतिष्ठा र व्यक्तिको आचरणमा धक्का नलागोस् भन्दै न्यायीक समितिले सबै काम गोप्य रुपमा टुंगो लगायो । अन्ततः ती व्यक्तिले आफ्नो छोरा स्वीकार गर्दै भरणपोषण र शिक्षा दिक्षाको जिम्मा लिए । दुवै परिवारमा मिलापको वातावरण पनि बनाईयो ।

…………………………………..
घोराही उपमहानगरपालिका वडा नम्बर १८ की एक महिला श्रीमानसँगको खटपटले सम्बन्ध विच्छेदको अवस्थामा पुग्नुुभयो । घरमा श्रीमानसँग बस्न नसक्ने अवस्था रहेको भन्दै गर्भवती अवस्थाकी ती महिलाले काखको सानो बच्चा च्यापेर न्यायीक समितिमा उजुरी दिनुुभयो । उजुरीपछि न्यायीक समितिले पीडित र पीडकलाई एकैथलोमा राखेर मिलेर बस्न आग्रह गर्यो । तर, पटक पटकको प्रयास निरर्थक बन्यो । पीडक भनिएका उनकै श्रीमानले अब गल्ती नगर्ने, मिलेर बस्ने, श्रीमतीको राम्रोसँग हेरचाह गर्ने जस्ता वचन दिएपछि न्यायीक समिति अवस्था बुुझेर निर्णय र्गा आग्रह गर्यो ।

विशेष आग्रहमा एक हप्ता श्रीमानसँग बस्न र अवस्था बुुझेर मात्रै निर्णय गर्न आग्रह भएपछि भनिए बमोजिम काम भयो । अन्नतः सम्बन्ध विच्छेद गर्ने अन्तिम अवस्थामा पुुगेको सम्बन्ध न्यायीक समितिले सुमधुर बनाई दियो ।

………………………………….

घोराही उपमहानगरपालिका वडा नम्बर १७ का एक व्यक्तिले जीवनको उर्जावान समय चिया बेच्न मै खर्चिनुुभयो । घोराही बजारमा वर्षौसम्म चिया बेचेर कमाएको श्रमको निशानी केही किनौँ भन्ने सोँच उहाँमा पलायो । त्यसपछि एक जना चिनेजानेका व्यक्तिसँग घडेरी किन्नुभयो । घडेरी किनेर दंग पर्नुभएका उहाँको खुशी धेरै दिन टिकेन । वर्षौको श्रम, पसिना खर्चेर कमाएको पैसाले किनेको घडेरी नापजाँच गर्दै जाँदा बाटोमा रहेको थाहा लाग्यो । त्यसपछि उहाँ न्यायको याचना गर्दै घोराहीको न्यायीक समितिमा जानुुभयो । त्यसपछि उहाँले जसबाट घडेरी किन्नुुभएको थियो त्यही व्यक्तिबाट अर्को घडेरी पाउने गरी न्याीयक समितिबाट न्याय पाउनुुभयो ।

Blog Post Ad

…………………………………….

हिंसाजन्य यस्ता सयौं घटनाको निरूपण र पीडितलाई न्याय दिलाउने काममा घोराही उपमहानगपालिकास्तरीय न्यायिक समिति क्रियाशील छ । न्यायिक समितिको कार्यादेश नै मेलमिलाप गराउने हो । सकेसम्म समाजमा मिलाप होस् भन्ने मात्रै नभई सानातिना विवाद प्रहरी र अदालतसम्म पुग्दा हुने खर्च भार पनि कम हुँदै गएको धेरैले महसुस गरेका छन् ।

सुरुवाती दिनमा खासै विश्वास नपाएको न्यायीक समिति, उसको निष्पक्ष मेलमिलापको कामले अहिले भने न्यायका लागि आम नागरिकको पहिलो रोजाइमा परेको छ । बितेको साढे ६ वर्षको अवधिमा यस्ता न्याय पाएका सयौँ उदाहरण न्यायीक समितिसँग छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ मा उल्लेख भएको व्यवस्था अनुसार घोराही उपमहानगरपालिकाको न्यायीक समितिले न्याय निरुपणको काम गर्दा धेरैले सहज रुपमा घर आँगनमै न्याय पाईरहेका छन् ।

फौजदारी अभियोगबाहेक देवानी सम्बन्धि मुद्धाको विषयमा न्यायीक समितिले काम गर्दै आएको छ । २०७४ असार १४ गते जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि २०७४ भदौ २ गते घोराही उपमहानगर कार्यपालिकाको पहिलो नगर सभाबाट न्यायीक समितिले आफ्नो औपचारिक रुपमा जिम्मेवारी पाएको हो ।

११०७ सय उजुरी, १०५१ मिलापत्र

घोराहीको न्यायीक समितिमा न्यायका लागि ११ सय बढी उजुरी परेका छन् । जसमध्ये एक हजार पचास बढीको उजुरी उपर छलफल गरी न्याय निरुपणको काम भईसकेको न्यायीक समिति संयोजक एव्म उपप्रमुख हुमा डिसीले बताउनुभयो । घोराहीको न्यायीक समितिमा साढे ६ वर्षको अवधिमा १ हजार १ सय ७ वटा उजुरी पर्दा १ हजार पचास वटा मुद्धाको मिलापत्र भईसकेको छ भने हाल ५६ वटा विवादको फैसला हुन बाँकी रहेको छ ।

२०७४ असोजको पहिलो हप्तामा घोराही उपमहानगरपालिकाको न्यायीक समितिमा पहिलो मुद्दा दर्ता गरिएको थियो । घोराही उपमहानगरपालिकाको न्यायीक समितिले जनप्रतिनिधि निर्वाचित भएको ४ महिनामा नै न्याय निरूपणको काम शुरू गर्यो । आर्थिक वष २०७४–०७५ मा २ सय ५६ मुद्धाहरु परेको तथ्यांकले देखाउँछ । जसमा न्यायीक समितिले आफ्नो ज्ञान, क्षमता र विवेक प्रयोग गर्दै एक सय पाँच मुद्धाहरु फछ्यौट गर्न सफल भएको थियो ।

त्यसैगरी आर्थिक बर्ष २०७५–०७६ मा दर्ता भएका २ सय ६ मुद्धाहरु मध्ये र लगत सरी आएका मुद्धाहरु गरि १ सय ५१ मुद्धाको न्यायीक प्रकृया अघि बढाएको थियोे । जसमा २ सय २३ मुद्धाहरु फछ्यौट भयो । त्यस्तै आर्थिक वर्ष २०७६–०७७ मा दर्ता भएका १ सय ५४ मुुद्धा र जिम्मेवारी सरी आएका १ सय २३ गरी कुल २ सय ७७ मु्द्धाको मिलाप तथा इजलासमार्फत १ सय ९० वटा फुछ्र्यौट भएको छ ।

आर्थिक वर्ष २०७७–०७८ मा दर्ता भएका १ सय ४७ मुुद्धा र जिम्मेवारी सरी आएका ९८ गरी कुल २ सय ४५ मु्द्धाको मिलाप तथा इजलासमार्फत १ सय ४० वटा फुछ्र्यौट भएको छ । यसैगरी, आर्थिक वर्ष २०७८–०७९ मा दर्ता भएका १ सय ५० मुुद्धा र जिम्मेवारी सरी आएका १ सय ५ गरी कुल २ सय ५५ मु्द्धाको मिलाप तथा इजलासमार्फत २ सय ३४ वटा फुछ्र्यौट भएको छ ।

आर्थिक वर्ष २०७८–०८० मा दर्ता भएका १ सय ४२ मुुद्धा र जिम्मेवारी सरी आएका २१ गरी कुल १ सय ६३ मु्द्धाको मिलाप तथा इजलासमार्फत १ सय ३० वटा फुछ्र्यौट भएको छ । यसैगरी, चालु आर्थिक वर्ष २०८०–०८१ को पुस मसान्तसम्मको तथ्यांक अनुसार, दर्ता भएका ५२ मुुद्धा र जिम्मेवारी सरी आएका ३३ गरी कुल ८५ मु्द्धाको मिलाप तथा इजलासमार्फत हालसम्म २९ वटा मुद्धा फुछ्र्यौट भएको छ । अब ५६ वटा मुद्धाको मेलमिलाप गर्न बाँकी रहेको छ ।

बाँकी रहेका मुद्धाको पनि छलफल मिलाप तथा ईजलासमार्फत किनारा लगाउने क्रम जारी रहेको घोराही उपमहानगरपालिका उपप्रमुख तथा न्यायीक समिति संयोजक हुमा डिसीले जानकारी दिनुुभयो ।

साढे ६ वर्षमा परेका उजुरीमध्ये ९५ प्रतिशत मिलापत्र

घोराही उपमहानगरपालिकाको न्यायीक समितिले काम शुरु गरेको बितेको साढे ६ वर्षको अवधिमा ९५ प्रतिशत उजुरी उपर छलफल गरी मिलापत्र गराउन सफल भएको छ । न्यायीक समिति संयोजक डिसीले समितिमा परेको निवेदनलाई निकै गम्भीरतापूर्वक गोपनीयता कायम गरी छलफलका माध्यमबाट टुंगो लगाउने काम गरेकाले छिटो छरितो भएको बताउनुुहुन्छ ।

वडा तथा नगरमा सूचीकृत मेलमिलापकर्ताहरुको सहयोगबाट पनि थुप्रै काम भईरहेकाले न्याय निरुपणमा सहयोग पुगेको बताउनुभयो । नगरमा मात्रै ५० जना मेलमिलापकर्ता रहेका छन् ।

उहाँका अनुसार न्याय सम्पादन प्रभावकारी बन्दै जाँदा नागरिकको यसप्रति विश्वास पनि बढेको छ । घोराही उपमहानगरपालिकाको न्यायीक समितिले आफ्नो संयन्त्रमार्फत गरेको कामलाई थप व्यवस्थित र पारदर्शी बनाउने काममा कानूनका विज्ञ तथा जानकारहरुसँग पनि बारम्बार छलफल एवम् परामर्श लिने काम हुने गरेको कानूनी मामिला शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad