Ad Area

दाङ क्रिकेट लिग-२ को हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट


घोराही, १० माघ । दाङ क्रिकेट लिग- २ को हस्पिटालिटी पार्टनरको रुपमा भिंग्रेली भिलेज रिसोर्ट प्रालि हुने भएको छ।

दाङ जिल्ला क्रिकेट संघले यही फागुन २६ गते देखि दाङमा संचालन गर्न लागेको डिसिएल-२ काे हस्पिटालिटी पार्टनर बनेको हाे ।

जिल्लामा पहिलो पटक ठूलो स्तरको अक्सन अर्थात खेलाडी किन बेचमा आधारित प्रतियोगिता सफल बनाउन रिसोर्टले सहकार्य गर्ने भएको रिसोर्टका संचालक निरञ्जन राजभण्डारीले जानकारी दिनुभयो ।

उहाँले जिल्लामा हुन लागेको ठूलो प्रतियोगितालाई सबैले मिलेर सफल बनाउनु दायित्व भएकोले सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गर्न लागेको बताउनुभयो ।

भिंग्रेली भिलेज रिसोर्टले प्रतियोगिताको हस्पिटालिटी पार्टनरको रुपमा रहँदा करिब २ लाख बराबरको होटल सेवा प्रदान गर्ने सम्झौता भएको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

दाङ क्रिकेट लिग- १ मा पनि हस्पिटालिटी पार्टनरको रुपमा भिंग्रेली भिलेज रिसोर्टले सहकार्य गरेको थियाे । अक्सनमा आधारित डिसिएलमा देशभरबाट सय बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडी सहभागी हुने भएकाले प्रतियोगिता निकै राेचक हुने गरेको छ । डिसिएल -२ मा पाँच वटा फ्रेन्चाईज टिम रहनेछन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad