Ad Area

मेयरकप फुटबलको सेमीफाईनलमा वडा नम्बर ३, १०, १३ र १७ प्रवेश


घोराही, ९ माघ । घोेराही उपमहानगरपालिकामा जारी छैठौँ संस्करणको मेयरकप फुटबल प्रतियोगिता २०८० मा सेमीफाईनल खेल्ने चार टोलीको टुंगो लागेसँगै क्वाटर फाईनल समीकरण पूरा भएको छ ।

घोराही १८ नवलपुर फुटबल मैदानमा मंगलबार भएको खेलमा वडा नम्बर ३ ले वडा नम्बर १५ लाई र वडा नम्बर १० ले १४ लाई पराजित गर्दै विजेताका रुपमा सेमिफाईनल यात्रा तय गरेसँगै क्वाटर फाईनल समीकरण पूरा भएको हो ।

वडा नम्बर ३ ले वडा नम्बर १५ लाई १–० गोलले हराउँदै पहिलो पटक सेमीफाईनल प्रवेश गरेको छ । वडा नम्बर ३ लाई जीत दिलाउन सुप्रिम सुवेदीले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टीमले दोश्रो हाफको १८औँ मिनेटमा डि एरियामा डिफेन्डरले बल क्लियर गर्न नसकेपछि रिबाउन्ड भएको बललाई सुप्रिमले सिधै गोलमा परिणत गर्नुभयो ।

सो गोल नै निर्णायक बन्न पुग्यो । वडा नम्बर ३ मेयर कपको सेमीफाईनलमा पहिलो पटक प्रवेश गरेको सो गोल नै निर्णायक बन्न पुग्यो । योसँगै वडा नम्बर ३ मेयर कपको सेमीफाईनलमा पहिलोपटक प्रवेश गरेको छ । वडा नम्बर १५ भने प्रतियोगिताबाट बाहिरीएको छ ।
यसैगरी दिउँसो भएको क्वाटर फाईनलको अन्तिम खेलमा वडा नम्बर १० ले वडा नम्बर १४ लाई २–१ गोलले पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको छ । वडा नम्बर १४ ले शुरुवाती अग्रता जोगाउन नसक्दा हार व्यहोर्न पुग्यो ।

Blog Post Ad

वडा नम्बर १४ का संगम चौधरीले गोल गर्दै अग्रता बनाएर पनि त्यसपछि वडा नम्बर १० शिशिर पुनले दुई गोल गर्दै टीमलाई जिताउनुभयो । पहिलो हाफको १२औँ मिनेटमा वडा नम्बर १० का गोल किपर अगाडि बढेर बल क्लियर गर्न खोज्दा १४ ले यसको फाईदा उठाउन सफल भएको थियो । त्यस लगत्तै वडा नम्बर १० ले ३ मिनेटमै गोल फर्काउन सफल भयो ।

मिड फिल्डबाट अगाडि बढाएको बललाई वडा  नम्बर १० का खेलाडीले डि एरियाको दाहिने कुनाबाट पेनाल्टी एरियामा लगेर गरेको क्रस पासलाई शिशिर पुनले वन टच  बलमा सिधै जाली चुमाउनुभयो । निकै प्रतिष्पर्धात्मक खेलमा वडा नम्बर १४ ले पाएको थुप्रै अवसरमा सदुपयोग भने गर्न सकेन । वडा नम्बर १० का खेलाडीले पनि पोष्टमा धेरै पटक गरेको प्रहार गोल हुन सकेन ।

वडा नम्बर १० का खेलाडीले करीव ३० यार्ड परबाट गरेको प्रहार गोलपोष्टको दाहिने पोलमा ठोकिँदै पुनः फर्किएर देबै्र पोलमा ठोकिएर बाहिरिएको थियो । दोश्रो हाफको इन्जुरी समयमा वडा नम्बर १० का खेलाडीले वन भर्सेस वन बल खेल्दै अगाडी बढाएको बलले जाली चुम्न सफल भयो ।

मिड फिल्डबाट निकालेको बललाई वडा नम्बर १४ को अन्तिम डिफेन्डरलाई क्लियर गरेर वडा नम्बर १० का खेलाडी शिशिर पुनले सिधै जाली चुमाउनुभयो । योसँगै वडा नम्बर १० ले सेमीफाईनल यात्रा तय गर्न सफल भएको छ । अब वडा नम्बर ३ र १० ले सेमीफाईनलमा खेल्नेछन् ।
यसअघि सोमबार भएको दुई क्वाटर फाईनलमा वडा नम्बर १३ र १७ सेमीफाईनल प्रवेश गरेका छन् । सेमीफाईनल खेल माघ ११ गते हुनेछ ।

पालिकाभरका १९ वटै वडाको सहभागीतामा लिग कम नकआउटका आधारमा खेलाईएको प्रतियोगितामा जारी खेलमा साविक विजेता वडा नम्बर १३ बाहेक वडा नम्बर ३, १० र १७ ले आफुलाई बलियो प्रतिपष्पर्धीका रुपमा प्रस्तुत गरीरहेका छन् । क्वाटर फाईनलबाट वडा नम्बर १४, १५, १६ र १८ हार व्यहोर्दै बाहिरिएका छन् ।

प्रतियोगिता हेर्न दैनिक हजारौँ दर्शक खेल मैदान पुग्ने गरेका छन् । दर्शकको उल्लेख्य सहभागीता रहेको मेयरकप फुटबलमा निकै सौहार्दपूर्ण वातावरणमा भईरहेको छ ।  पुस २०  गतेबाट शुरु भएको प्रतियोगिताको फाईनल खेल माघ १३ गते हुने घोराही उपमहानगरपालिका स्तरीय खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad