Ad Area

पाँचौ हापुर कप फुटबल प्रतियोगिता हुने


घोराही, ११ माघ । पाँचौ हापुर कप फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि घोराही उपमहानगरपालिका वडा नं. १२ को हापुर बिजौरी खेलकुद मैदानमा पाँचौ हापुर कप फुटबल प्रतियोगिता हुने भएको हो ।

हापुर युथ क्लव घोराही–१२ को आयोजनामा आउने फागुनको १ गतेदेखि फुटबल प्रतियोगिता हुन थालेको हो । प्रतियोगितामा सहभागिताका लागि आयोजक हापुर युथ क्लवले सम्पूर्ण जिल्लाका क्लवहरुलाई आग्रह गरेको क्लवका अध्यक्ष बिनोद विकले जानकारी दिएका छन् । उनका अनुसार खेल फिफाको नियम अनुसार खेलाइने छ ।

उनका अनुसार टिम दर्ताका लागि फागुनको २८ गते दिउँसो ३ बजेसम्मलाई समय दिइएको छ । प्रतियोगितामा सहभागिताका लागि प्रत्येक टिमले १६ जना खेलाडी, प्रशिक्षक, व्यवस्थापक, मेडिकलसहित १९ जनाको टिम बनाउनुपर्ने आयोजक क्लवले जनाएको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार पाँच सय ५५ रुपैयाँसहित कप,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले २० हजार पाँच सय ५५ रुपैयाँसहित कप,मेडल र प्रमाणपत्र जित्नेछ । टिम दर्ताका लागि आयोजकले चार हजार पाँच सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको क्लवका अध्यक्ष विकले जानकारी दिएका छन् । क्लवले ग्रामीण क्षेत्रमा खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरुको प्रतिभा उजार गर्नका लागि फुटबल प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताका लागि आयोजकले यहि माघको २८ गते दिउँसो ४ बजे टाइृसिट प्रकाशित गर्ने जनाएको छ ।

Blog Post Ad Blog Post Ad