Ad Area

मेयरकप फुटबलको फाईनलमा वडा न १० र १७ भिड्ने


घोराही, ११ माघ । घोेराही उपमहानगरपालिकामा जारी छैठौँ संस्करणको मेयरकप फुटबल प्रतियोगिता २०८० मा वडा नम्बर १० र १७ खेल्ने भएका छन् ।

घोराही १८ नवलपुर फुटबल मैदानमा आज भएको खेलमा वडा नम्बर १७ ले १३ लाई टाईब्रेकरमा र वडा नम्बर १० ले वडा  नम्बर ३ बाट आत्मघाती गोल उपहार पाउँदै फाईनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमीफाईनलमा वडा नम्बर १३  र १७ बीच निर्धारित ९० मिनेटमा गोलरहित बराबरी खेलेपछि खेलको नतिजा टाईबे्रकरबाट निकालिएको हो । जसमा वडा नम्बर १७ ले १३ लाई ३–२ गोलले पराजित गर्दै  पहिलो पटक फाइनल यात्रा तय गरेको छ ।

साविक विजेतासमेत रहेको वडा नम्बर १३ सेमीफाईनलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । यसैगरी, दोश्रो सेमीफाईनल खेलमा वडा नम्बर ३ ले वडा  नम्बर १० लाई आत्मघाती गोल उपहार दिन पुग्दा प्रतियोगितामा सेमीफाईनलमै रोकिएको छ ।

निर्धारित ९० मिनेटपछि थपिएको २ मिनेटको अन्तिम समयमा वडा नम्बर ३ ले आत्मघाती गोल गर्न पुग्दा वडा नम्बर १० पनि मेयर कप फुटबलमा पहिलो पटक फाईनलमा प्रवेश गरेको छ । अघिल्लो संस्करणमा वडा नम्बर १० सेमीफाईनलमा वडा नम्बर १४ सँग पराजित हुँदै बाहिरिएको थियो ।

पालिकाभरका १९ वटै वडाको सहभागीतामा लिग कम नकआउटका आधारमा खेलाईएको प्रतियोगितामा जारी खेलमा साविक विजेता वडा नम्बर १३, ३, १० र १७ ले क्वाटर फाईनलमा वडा नम्बर १६, १५, १४  र १८ लाई पराजित गर्दै सेमीफाईनलमा पुगेका थिए ।

Blog Post Ad

प्रतियोगिता हेर्न दैनिक हजारौँ दर्शक खेल मैदान पुग्ने गरेका छन् । दर्शकको उल्लेख्य सहभागीता रहेको मेयरकप फुटबलमा निकै सौहार्दपूर्ण वातावरणमा भईरहेको छ । पुस २०  गतेबाट शुरु भएको प्रतियोगिताको फाईनल खेल माघ १३ गते हुने घोराही उपमहानगरपालिका स्तरीय खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

 

Blog Post Ad Blog Post Ad