Ad Area

डिसिएल–२ को हस्पिटल पार्टनरमा बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि


घोराही, १९ माघ । आगामी फागुन १४ गतेदेखि दाङमा हुन लागेको दाङ क्रिकेट लिग–२ को लागि हस्पिटल पार्टनरको रुपमा बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि जोडिएको छ ।

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको दोश्रो संस्करणको दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) का लागि हस्पिटल पार्टनरको रुपमा बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि र आयोजक बीच शुक्रबार सम्झौता भएको छ ।

हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्मा, प्रबन्ध निर्देशक डा. रमेश बस्नेत, रसिल थापा र आयोजकका तर्फबाट प्रतियोगिता निर्देशक विशेष अधिकारीबीच हस्पिटल पार्टनरका रुपमा सेवा दिने विषयमा सम्झौता भएको हो ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ का फ्रेन्चाईज मालिक र आयोजक दाङ जिल्ला क्रिकेट संघबीच यसअघि नै सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्सले डिसिएल–२ खेल्नेछन् । जसको घोराहीस्थित लिगको हस्पिटालिटी पार्टनरका रुपमा रहेको भिंग्रेली भिलेज रिसोर्ट रहेको प्रतियोगिता संयोजक समेत रहनुभएका दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिनुभयो । प्रतियोगिताले दाङ जिल्लाको क्रिकेटसँगै समग्र खेलकुद र आर्थिक विकासका लागि मद्दत गर्ने अध्यक्ष प्र्रदीप मजगैयाँले बताउनुभएको छ ।

प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको पाँच वटै क्लवले अपेक्षा गरेका छन् ।

Blog Post Ad

प्रतियोगिताको मिति नजिकिँदै गर्दा विभिन्न सहयोगीहरु पनि जोडिने क्रम शुरु भएको छ । दाङ क्रिकेट लिग–२ सफल बनाउन हाल अमेरिका बस्दै आउनुभएका घोराही १५ निवासी सन्तोष दाहाल र वहाको परिवारले ३० हजार ५ सय ३६ रुपैया सहयोग गर्नुभएको छ । पहिलो संस्करणको दाङ क्रिकेट लिगमा घोराही टाईगर्सले देउखुरी वारियर्सलाई हराउँदै उपाधि जितेको थियो ।

Blog Post Ad Blog Post Ad