Ad Area

घोराही उपमहानगरद्वारा ग्रामीण महिला उत्थान केन्द्र सम्मानित


घोराही, १५ माघ । ग्रामीण महिला उत्थान केन्द्रलाई घोराही उपमहानगरपालिकाले सम्मान गरेको छ ।

उपमहानगरपालिकाको ४६ औँ स्थापना दिवसको अवसरमा सोमबार केन्द्रका अध्यक्ष आशमानी चौधरीलाई महिला तथा बालबालिकाको क्षेत्रमा गरेको काम र योगदानकोे उच्च मुल्यांकन गर्दै दोसल्ला ओढाएर लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल, कार्यवाहक नगर प्रमुख हुमा डिसीले संयुक्त रूपमा सम्मान पत्रसहित सम्मान गर्नुभयो ।

ग्रामीण महिला उत्थान केन्द्रले स्थापनाकालदेखि करिव ३ दशकको अवधिमा सामाजिक, आर्थिक सशक्तीकरणसँगै महिला, बालबालिका र विपन्न वर्गको उत्थानका लागि काम गर्दै हजारौंको जीवन सफलताको बाटोमा ल्याउन सघाएको छ ।

आत्मनिर्भर र सशक्त समाजको परिकल्पनाका साथ २०५१ मंसिर २१ गते स्थापित सामाजिक संस्थाका रुपमा ग्रामीण महिला उत्थान केन्द्रले प्रवर्द्धन गरेको आत्मनिर्भर लघुवित्त बित्तीय संस्था, सुनिता ट्रष्ट फाउन्डेसनले पनि थुप्रै काम गर्दै आएको छ ।
आर्थिक सबलीकरण, आत्मनिर्भरता, शिक्षा, स्वास्थ्य, कृषि, सचेतनालगायत क्षेत्रमा गरिएको प्रयासले अहिले धेरैले आफुलाई समाजमा उदाहरणीय रुपमा प्रस्तुत गर्न सकेका छन् ।

संस्थाको नीति, सिद्धान्त अनुसार अविचलित भई अथक रुपमा अघि बढेको केन्द्रका माध्यमबाट आत्मनिर्भर लघुवित्तमा ६० हजार बढी सदस्य प्रत्यक्ष जोडिएर आयआर्जनमा लागेका छन् ।
ग्रामीण महिला उत्थान केन्द्रले प्रवद्र्धन गरिएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले पनि दाङसहित बाँके, बर्दिया, कपिलबस्तु, प्यूठान, अर्घाखाँची जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Blog Post Ad

विभिन्न दातृ निकायसँगको साझेदारीमा ग्रामीण महिला उत्थान केन्द्र आफैले पनि थुप्रै परियोजना र कार्यक्रम समदाय स्तरमा संचालन गर्दै आएको छ । महिला, बालबालिकासँगै आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, जलवायू परिवर्तन, आर्थिक जीविकोपार्जन लगायतको विभिन्न क्षेत्रमा गरिरहेको सत्प्रयासको मुल्यांकन पालिकाले गरेर स्थापना दिवसमा केन्द्रलाई गरिएको सम्मान प्रति केन्द्रकि अध्यक्ष चौधरीले आफु र सिंगो संस्थालाई गौरवानुभूति भएको बताउनुभयो । पालिकाले गरेको सम्मानले सामाजिक क्षेत्रमा गर्नुपर्ने कामलाई आगामि दिनमा अझ जिम्मेवार र उत्तरदायी रुपमा निभाउने हौसला मिलेको उहाँले बताउनुभयो ।

ग्रामीण महिला उत्थान केन्द्रले आत्मनिर्भर लघुवित्त वित्तीय संस्थामार्फत वित्तीय सेवा दिँदै आएको छ । यस्तै, संस्थाले स्थापना गरेको सुनिता ट्रष्ट फाउन्डेसनले पनि विपन्न परिवारका बालबालिकाको शिक्षा र स्वास्थ्यमा लगानी गर्दै आएको छ भने उनीहरुका अभिभावकहरुलाई उद्यममा लाग्न हौसला प्रदान गर्दै आएको छ ।

 

Blog Post Ad Blog Post Ad