Ad Area

घोराहीमा तेश्रो अल्फा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने


घोराही, २३ माघ । तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८० हुने भएको छ । घोराही उपमहानगरपालिका–१४ मा रहेको अल्फा तेक्वान्दो डोजाङ घोराहीको आयोजनामा आगामी फागुन ७ र ८ गते दुई दिन घोराहीमा ‘तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८०’ हुन थालेको हो ।

दाङमा खेलकुदसँगै खेलाडीहरुको क्षमता विकासका लागि प्रतियोगिताको आयोजना गरिएको अल्फा तेक्वान्दो डोजाङकी प्रमुख सुनिता विष्टले जानकारी दिएकी छिन । घोराही उपमहानगरपालिका–१५ नवज्योती टोलस्थीत अल्फा तेक्वान्दो डोजाङको ट्रेनिङ हलमा सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता घोराही कवर्ड हलमा हुन जानकारी दिएकी हुन ।

प्रतियोगितामा महिला र पुरुष खेलाडीहरुले २२ देखि ५८ केजीसम्म तौल समूहअन्तर्गत २२–२६ केजी, २६–३० केजी, ३०–३४ केजी, ३४–३८ केजी, ३८–४२ केजी, ४२–४६ केजी, ४६–५० केजी, ५०–५४ केजी र ५४–५८ केजी तौल समूहमा महिला र पुरुष खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । त्यसैगरी पुम्से पुरुष र महिलातर्फ एकल १७ बर्ष मुनि खेलाडीहरुले प्रतिष्पर्धा गर्ने अल्फा तेक्वान्दो डोजाङका दामु शर्माले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा एउटा डोजाङबाट एउटै तौल समूहमा चार जना मात्र खेलाडी सहभागी बन्न पाउने व्यवस्था गरिएको छ ।

उनका अनुसार प्रतियोगितामा प्रथम हुने डोजाङले नगद २० हजार पुरस्कार, प्रमाणपत्र र ट्रफि जित्नेछ । त्यसैगरी दोश्रो हुने टिमले नगद १५ हजार पुरस्कार प्रमाणपत्र र ट्रफि, तेस्रो हुने टिमले नगद १० हजार पुरस्कार, प्रमाणपत्र र ट्रफि जित्ने शर्माले जानकारी दिए । जिल्लाका विभिन्न ठाउँबाट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई हौसल्ला प्रदानका लागि पहिलो पटक नगद पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा शर्माले जानकारी गराएका थिए ।

त्यसेैगरी प्रतियोगितामा अनुशासित डोजाङलाई नगद ५ हजारसहित प्रमाण, उत्कृष्ठ खेलाडी महिला÷पुरुषहरुलाई दुई हजार पाँच सय रुपैया नगदसहित प्रमाणपत्र र ट्रफि प्रदान गरिने आयोजक अल्फा तेक्वान्दो डोजाङले जनाएको छ । प्रतियोगिताका लागि पाँच सय रुपैया दर्ता शुल्कको व्यवस्था गरिएको छ । अल्फा तेक्वान्दो डोजाङले विगत तीन बर्षदेखि जिल्लामा प्रत्येक बर्ष प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा चार सय बढी खेलाडीहरुको सहभागीता रहन सक्ने अनुमान गरिएको अल्फा तेक्वान्दो डोजाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad