Ad Area

दलहरुको अधिवेशन : चलायमान बजार


दाङ, ७ मंसिर । प्रमुख राजनीतिक दलहरुको निर्वाचनको ‘मौसम’ शुरु भएको छ । निर्वाचन सुरु भएसँगै गाउँदेखि सहरसम्म चहल–पहल सुरु भएको हो । चहल–पहलसँगै कोभिड–१९ ले थला परेको आर्थिक क्षेत्र पनि चलायमान भएको छ । राजनीतिक दलहरुको निर्वाचनसँगै आर्थिक क्षेत्र पनि चलायमान हुँदै गएको आर्थिक क्षेत्रका जानकारहरु बताउँछन् ।

अहिले प्रमुख ३ पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको वडादेखि केन्द्रसम्म अधिवेशन सुरु भएको छ । प्रमुख राजनीतिक दलहरूको महाधिवेशन÷राष्ट्रिय सम्मेलन चलिरहेकाले राजनीतिसँगै अर्थतन्त्रमा पनि चलायमान भएको हो । राजनीतिक दलहरूका गतिविधि वडा÷बस्ती हुँदै क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहमा अगाडि बढिरहेको छ । मंसिर महिना प्रमुख राजनीतिक दलहरूको महाधिवेशन हुने भएकाले पनि राजधानी, प्रदेश मुकाममा वा जिल्ला मुकाममा केन्द्रित रहेका नेता÷कार्यकर्ता गाउँगाउँमा पुगेका छन् ।

आसन्न निर्वाचनको अघि भइरहेका महाधिवेशनले सम्भवतः यो वर्षको अन्त्यमा हुने स्थानीय तह निर्वाचनदेखि आगामी वर्ष हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समेत दलीय नेतृत्व र भूमिकामा प्रभाव अवश्य नै पार्ने छ । महाधिवेशनले स्थानीय तहमा व्यापार–व्यवसायदेखि अधिवेशन गर्नका लागि चाहिने सामान्य चिजवस्तुको व्यापारदेखि महाधिवेशन आयोजना स्थलसम्म होटल, व्यवसायमा समेत प्रत्यक्ष÷अप्रत्यक्ष प्रभाव पार्ने व्यवसायीहरु बताउँछन् । होटल तथा लजहरू लिने, यातायातका साधनहरू लिने तथा अन्य आवश्यक चिज वस्तुको समेत व्यापार भइरहेको छ । यसर्थ राजनीतिक गतिविधिहरू शान्ति पूर्ण तवरले निरन्तर सकारात्मक दिशामा अघि बढ्ने हो, त्यसको प्रभाव व्यापार–व्यवसायमा पर्छ ।

जिल्लामा पनि दलहरुको निर्वाचनको प्रभावको देखिन थालेको छ । अहिले व्यवसाय क्षेत्रमा केही मात्रामा भए पनि चहल–पहल बढेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । प्रमुख दलहरुको निर्वाचनका लागि गाउँदेखि शहरसम्म नागरिकहरुको आवज–आवत बढेकाले बजारमा चहल–पहल बढेको उनले बताए ।

चहल–पहल बढेसँगै आर्थिक क्षेत्रमा समेत यसको प्रभाव पार्ने उनी बताउँछन् । ‘दलहरुको वडादेखि केन्द्रसम्मको निर्वाचनको प्रभाव केही मात्रामा भए पनि बजारमा देखिएको छ’, अध्यक्ष बुढाथोकीले भने– ‘विशेष गरी होटल क्षेत्रमा दलहरुको निर्वाचनको प्रभाव परेको छ । होटल क्षेत्रको व्यापार व्यवसायमा वृद्धि भएको छ ।’

दलहरुको चुनावले बजारमा चहल–पहल बढाएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताए । चहल–पहल बढेसँगै व्यापार व्यवसाय पनि बढेको उनको भनाइ छ । निर्वाचनले गर्दा करिब २० प्रतिशतसम्म व्यापार व्यवसायमा बृद्धि भएको उनले दावी गरे । ‘निर्वाचनले बजारमा चहल–पहल बढाउन सहयोग पु¥याएको छ’, अध्यक्ष खनालले भने– ‘कोभिडले प्रभाव पारेको क्षेत्रलाई चलायमान गराउने काम दलहरुको चुनावले गरेको छ ।’

Blog Post Ad

निर्वाचनले कोभिडले बढी प्रभाव पारेको क्षेत्र होटल तथा यातायात क्षेत्रमा थोरै भए पनि सहयोग पु¥याएको उनी बताउँछन् । प्रमुख दलहरुको निर्वाचनले होटल क्षेत्रमा केही मात्रामा भए पनि चहल–पहल बढेको दाङ फन भ्याली प्रालिका महाप्रबन्धक नरेशकुमार श्रेष्ठले बताए । कोभिडको संक्रमण कम भए पनि दलहरुको निर्वाचन सुरु हुनुभन्दा पहिले होटलहरुमा चहल–पहल बढ्न सकेको थिएन ।

प्रमुख राजनीतिक दलहरुको चुनावले गर्दा टाढाबाट आएका नेता तथा कार्यकर्ताहरुसँग होटलहरुमा नेताहरुसँग भेटघाट गर्न, खाना खाने र बसोवास गर्ने गरेका छन् । ‘भाँडा तिर्न समेत समस्या हुने गरेका होटलवालाहरुलाई अहिले थोरै भए पनि राहत मिलेको छ’, उनले भने ।

Blog Post Ad Blog Post Ad