Ad Area

दाङमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु


घोराही, २७ माघ । दाङमा १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बेलझुण्डीमा सुरु भएको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन लुम्विनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गर्नुभएको हो ।

दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताको उद्घाटद गर्दै अर्थमन्त्री मास्कीले दाङ जिल्ला खेलकुदको उर्वरभुमि भएको भन्दै दाङको पहिचान झल्कने गरि खेलकुदको विकासमा ध्यानदिनुपर्ने बताउनुभएको थियो । उहाँले खेलले मानिसलाई अनुसासित र स्वस्थ बनाउने भन्दै हरेक विद्यालयले पढाईसँगै खेलकुदमा पनि ध्यानदिनुपर्ने बताउनुभएको थियो ।

उहाँले भन्नुभयो,‘खेलकुदको विकासका लागि सवै लाग्नुपर्छ । खेलकुदको विकासले खेलाडीलाई नामसँगै आम्दानी पनि दिने गर्दछ ।’ उहाँले जिल्लालाई खेलकुदका पूर्वाधारहरु निर्माण भएको भन्दै त्यसलाई सदुपयोग गर्नेगरी खेलकुदका गतिविधिहरुलाई बढाउन आवश्यक रहेको बताउनुभएको थियो ।

१४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा जिल्लाका १० पालिकाका खेलाडीहरुको सहभागीता रहेको छ । प्रतियोगितका खेलहरु बेलझुण्डी रंशलामा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालले जानकारी दिनुभएको छ । प्रतियोगितामा विगतमा विद्यालयकातर्फबाट सहभागी हुने गरेपनि यस बर्षदेखि पालिका–पालिकाबीच नै प्रतिस्पर्धा हुने भएको छ । जिल्ला खेलकूद विकास समितिका अध्यक्ष हमालका अनुसार तेक्वान्दो, कराते, एथ्लेटिक्स, भलिबल, कबड्डी, उसु खेलमा प्रतिस्पर्धा हुनेछन् । शनिबारदेखि सुरु भएको खेल माघ २९ गतेसम्म चल्नेछन् ।

Blog Post Ad Blog Post Ad