Ad Area

स्वर्ण पदक बिजेता तेक्वान्दो खेलाडी बीरेन्द्र डाँगी सम्मानित


सुशीला वली
घोराही, २७ माघ । थाइल्याडमा भएको चियाङ माई अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२४ प्रतियोगितामा स्वर्ण पदक जित्न सफल तेक्वान्दो खेलाडी वीरेन्द्र डाँगीलाई बगेश्वरी डाँगी वन्धु ट्रष्टले सम्मान गरेको छ ।

बगेश्वरी डाँगी वन्धु ट्रष्टले शनिवार कार्यक्रमको आयोजना गरेर देशका लागि पदक जित्ने खेलाडीलाई सम्मान गरेको हो । बगेश्वरी डाँगी वन्धु ट्रष्ट केन्द्रिय अध्यक्ष चत्र्तुरमान डाँगीको अध्यक्षतामा तुसीपुर उपमहानगरपालिका–१८ दुधरासमा भएको कार्यक्रममा नगद ७ हजार रुपैँयासहित खेलाडी डाँगीलाई सम्मान गरिएको थियो ।

९ वटा देशका खेलाडीहरु सहभागी भएको उक्त प्रतियोगितामा डाँगीले ५४ केजी तौल समुहतर्फ स्वर्ण पदक जित्न सफल भएका थिए । त्यसअबसरमा केन्द्रिय अध्यक्ष चत्र्तुरमान डाँगीले डाँगी बन्धुको शिर उचो राख्ने काम गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए । खेलको माध्यम मार्फत देशको गौरव बढाउने काम गरेको भन्दै आगामी दिनमा समेत सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव चन्द्रबहादुर डाँगीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad