Ad Area

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा तुलसीपुरको अग्रता


दाङ,२८ माघ । दाङ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० मा तुलसीपुर उपमहानगरपालिकाले अग्रता कायम राखेको छ ।

दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजनामा बेल्झुन्डी रंगशालामा शनिवारदेखि सुरु भएको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १० स्वर्ण, ४ रजत र ३ काश्य पदकसहित दोस्रो दिनसम्म तुलसीपुर उपमहानगरपालिकाले अग्रता कायम राखेको हो ।

तस्तै घोराही उपमहानगरपालिका ६ स्वर्ण, २ रजत र ४ काश्य पदकका साथ दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र १ कास्य पदकसहित लमही नगरपालिका तेश्रो स्थान, राजपुर गाउपालिका १ स्वर्ण, ३ रजत पदक हात पार्दै चौथो स्थानमा रहेको सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिएका छन् ।

प्रतियोगितामा जिल्लाका १० पालिकाका झन्डै १५ सय खेलाडी तथा अफिसिलको सहभागिता रहेको छ । बिगतका वर्षमा जिल्लामा विद्यालयका तर्फबाट सहभागि हुने गरेकोमा यस बर्ष पालिका–पालिका बिच नै कडा प्रतिस्पर्धा भइरहेको छ ।यसबिच प्रतियोगितामा सोमवार अन्तिम दिन भलिबल, कवड्डी छात्र÷ छात्रा फाईनल खेल हुनेछ्न ।

भलिबल छात्र÷छात्रा फाईनलमा तुलसिपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका भिड्नेछन् । त्यस्तै कबड्डी छात्रतर्फ तुलसिपुर र राप्ती गाउँपालिका बिच कडा प्रतिस्पर्धा हुनेछ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad