Ad Area

प्रथम विक्रम पुन स्मृति फुटबल प्रतियोगिताको उपाधि बिएफएललाई


भ्यूमान पुनमगर

घोराही,२७ माघ । घोराहीमा भएको प्रथम विक्रम पुन स्मृति फुटबल प्रतियोगिताको उपाधि आयोजक बि.एफ.एल.क्लवले हात पोरेको छ ।

घोराही उपमहानगरपालिका १८ नवलपुर फुटबल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा सल्यान राइजिङ स्टार क्लवलाई २-० गोल अन्तरले पराजित गर्दै बि.एफ.एफ. क्लवले प्रथम विक्रम पुन स्मृति फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा बरावरी खेलका थिए । तर दोस्रो हाफमा बि.एफ.एल.क्लवका जर्सी नं. ७७ खेलाडी सुशील बानियाले गोल गर्दै अग्रता दिलाएका थिए । दोश्रो हाफमा सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका बानियाँले गोल गर्दै अग्रता दिलाउन सफल भएका थिए । त्यसको लगतै बि.एफ.एल.क्लवकै जर्सी ३२ नं. जमिर मियाले हेडिङमार्फत गोल गर्दै टिमलाई २-० को अग्रता बनाएका थिए ।

खेलमा सल्यान राइजिङ स्टार क्लवका खेलाडीहरुले गोलका लागि प्रयास गरेपनि गोल गर्न सफल नहुँदा उपविजेता बन्न पुगेको हो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सल्यान राइजिङ स्टार क्लवका सुमित मल्ल, उत्कृष्ट डिफेन्डर बि.एफ.एल.क्लवका उज्वल चौधरी, उत्कृष्ट गोल किपर बि.एफ.एल.क्लवका भीम पुन र उत्कृष्ट मिडफिल्ड बि.एफ.एल.क्लवकै प्रमोद बुढा मगर घोषणा भएका थिए ।

विजेता हुने टिमले नगद रु १ लाख १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता सल्यान राइजिङ स्टार क्लवले नगद ५५ हजार ५ सय ५५ ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

Blog Post Ad

माघ १६ गतेबाट सुरु भएको प्रतियोगितामा रेफ्रिको भूमिका राष्ट्रिय रेफ्रि अमर पुन मगर, एन्फा रेफ्री बिनोद बिक, शिवहरी शर्मा, खुम वली, कुसुम श्रेष्ठ, आदेश केसी,शरद भण्डारी र देबनारायाण दाहाल रहेका थिए ।

Blog Post Ad Blog Post Ad