Ad Area

पाँचौ हापुर फुटबल प्रतियोगिता सुरु, न्यू स्टार र वडा नं. १७ को बिजयी सुरुवात


दाङ,१ फागुन । घोराही उपमहानगरपालिका–१२ मा पाँचौ हापुर कप फुटबल प्रतियोगिता सुरु भएको छ । हापुर युथ क्लब घोराही दाङको आयोजनामा मंगलवारदेखि पाँचौ हापुर कप फुटबल प्रतियोगिता सुरु भएको हो ।

घोराही उपमहानगरपालिका–१२ स्थीत हापुर बिजौरी खेल मैदानमा सुरु भएको हो । हापुर युथ क्लबका अध्यक्ष विनोद वि.कको अध्यक्षतामा भएको प्रतियोगिताको लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्डबिक्रम न्यौपानेले उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासमा सवैले ध्यानदिनुपर्ने बताए । स्वास्थ्यसँगै जोडिएको खेलकुद क्षेत्रमा अघि बढ्न सके खेलाडीको नामसँगै मान सम्मान समेत पाउने भन्दै प्रदेशसभा सदस्य न्यौपानेले खेलकुदको विकासका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष दोर्ण बहकरीले हापुर बिजौरी खेल मैदानलाई अझै ब्यबस्थित खेल मैदानका रुपमा विकास गर्ने बताएका थिए । उनले हापुर युथ क्लबले घोराही १२ मा खेलकुद बिकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा खेलकुदका कार्यक्रमहरुलाई वडाले पनि सहयोग गर्ने बताएका थिए ।

क्लवका सस्थापक सञ्जय दाहाल,समाजसेवी तेजमणि दाहाल,पतेनी टोल विकास सस्थाका अध्यक्ष राजकुमार विक,समाजसेवी मित्रलाल विक,नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आर.के.शीतललगायतले खेलकुद क्षेत्रको विकासमा सवैको ध्यानदिनुपर्ने बताएका थिए ।

प्रतियोगितामा बिजेता टिमले नगद ५० हजार ५सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र र उपबिजेता टिमलाई नगद २० हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने आयोजक हापुर युथ क्लवले जनाएको छ । प्रतियोगितामा जिल्लाभरका २७ फुटबल टिमको सहभागीता रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा न्यू स्टार फुटबल एकेडेमीले वाइजी क्लव घोराहीलाई ०–४ गोलले पराजित गरेको छ । न्यू स्टार फुटबल एकेडेमीको जितका लागि किशोर मगर तीन र भीमसेन थापाले एक गोल गरेका थिए । त्यसैगरी दोश्रो खेलमा घोराही उपमहानगरपालिका वडा नं. १७ को टिमले कलमघारी फुटबल क्लवलाई ०–७ गोल अन्तरले पराजित गरेको थियो ।

Blog Post Ad

वडा नं. १७ को जितका लागि कृष्णबहादुर महराले २,सुरेश सुनार, निराजन चौधरी,अषिशेक र हेमन्त विकले समान १÷१ गोल गरेका थिए । प्रतियोगिता फागुनको १० गतेसम्म चल्नेछ ।प्रतियोगिताको दोस्रो पुरस्कारको राशी घोराही उपमहानगरपालिका–१२ पतेनी निबासी सुदन बिकले प्रदान गर्ने भएका छन् ।

Blog Post Ad Blog Post Ad