Ad Area

पाँचौ हापुर कप फुटबल जारी, हापुर,बिएफएल र अटल बिजयी


घोराही,२ फागुन । पाँचौ हापुर कप फुटबल प्रतियोगिताको दोश्रो दिन भएका खेलहरुमा हापुर एफसी बगाले र बिएफएल घोराही बिजयी भएका छन् । प्रतियोगिताअन्तर्गत बुधवार भएको पहिलो खेलमा हापुर एफसी बगालेले हापुर युथ क्ल्ब ब्लुलाई ३–० ले गोलले पराजित गर्दै प्रतियोगितामा बिजयी सुरुवात गरेको हो । हापुर एफसीको जितका लागि इश्वर रोका, दिपेश चौधरी र अनिल बस्नेतले समान १÷१ गोल गरेका थिए ।

त्यसैगरी प्रतियोगिताको दोस्रो खेलमा रुकुम एफसीलाई बिएफएल घोराहीले २–० ले पराजित गरेको छ । प्रतिष्पर्धात्मक खेलमा बिएफएलको जितका लागि खेलाडीहरु सुजन विक र सागर चौधरीले समान १÷१ गोल गर्न सफल भएको आयोजक हापुर युथ क्लवका अध्यक्ष बिनोद बिकले जानकारी दिएका छन् । त्यसैगरी बुधवार भएको तेश्रो खेलमा अटल युबा क्लबले १–० गोल अन्तरले एसएफसी सल्यानलाई पराजित गरेको छ । अटलको जितका लागि खेलाडी खुमबहादुर घर्तीले निर्णायक गोल गर्न सफल भएका थिए ।

फागुनको १ गतेदेखि सुरुभएको प्रतियोगिता फागुनको १० गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगितामा बिजेता टिमले नगद ५० हजार ५सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र र उपबिजेता टिमलाई नगद २० हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने आयोजक हापुर युथ क्लवले जनाएको छ । प्रतियोगितामा जिल्लाभरका २७ फुटबल टिमको सहभागीता रहेको छ ।

Blog Post Ad Blog Post Ad