Ad Area

दाङ क्रिकेट लिग–२ को उत्कृष्ट खेलाडीका लागि सहयोग


घोराही, २ फागुन । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि दाङमा हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि सहयोग गर्ने दाता, संघसंस्था र निकाय थपिँदै गएका छन् । प्रतियोगिता संचालन गर्न अहिलेसम्म विभिन्न व्यक्ति, संस्थाले हात अघि बढाएका छन् । कतिपयले नगद सहयोग समेत गर्नुभएको छ ।

व्यावसायिक रुपमा खेलाउन थालिएको पाँच वटा फ्रेन्चाईज टीम रहने दाङ क्रिकेट लिग–२ मा उकृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई व्यक्तिगत प्रदान गरिने नगद पुरस्कार राशिका लागि नेपाली क्रिकेट क्षेत्रका विभिन्न व्यक्तिहरुले सहयोग गर्नुभएको छ ।

दाङ क्रिकेट लिग–२ मा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई उपलब्ध गराईने नगद राशिका लागि सहयोग प्राप्त भएको छ । लिगमा उत्कृष्ट खेलाडीलाई प्रदान गरिने नगद पुरस्कारका लागि क्रिकेट संघ नेपालका केन्द्रीय सदस्य तथा धनगढीमा रहेको माया मेट्रो अस्पतालका संचालक धीरेन्द्र सावदले नगद १५ हजार सहयोग गर्नुभएको छ ।

यसैगरी, प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यानलाई प्रदान गरिने नगद पुरस्कारका लागि नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव, रुपन्देही जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्त मल्लले नगद १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

Blog Post Ad

यसैगरी, लिगको उत्कृष्ट बलरलाई प्रदान गरिने नगद पुरस्कारका लागि नवलपरासी जिल्ला क्रिकेट संघमा लामो समयदेखि नेतृत्व गर्दै क्रिकेटको गतिविधि सक्रिय बनाउँदै आउनुभएका अग्रज कृष्ण श्रेष्ठले नगद १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

यसैगरी, प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडीलाई प्रदान गरिने नगद पुरस्कारका लागि रोल्पामा क्रिकेटको जग बसाल्दै जिल्लामा क्रिकेटको गतिविधि चलायमान बनाउन सुरुदेखि नेतृत्व गर्दै आउनुभएका रोल्पा जिल्ला क्रिकेट संघका अध्यक्ष ओम केसीले नगद १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

विधागत रुपमा प्रदान गरिने पुरस्कार राशिका लागि सहयोग गर्नुहुने सबै प्रति दाङ जिल्ला क्रिकेट संघ तथा दाङ क्रिकेट लिग कमिटीले आभार प्रकट गरेको जिल्ला अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड, हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट, घोराही, मेडिकल सहयोग पार्टनरमा बुद्ध इन्टरनेशनल हिस्पटल, घोराही रहने भएका छन् । प्रतियोगिता सफल बनाउन लाईफ फुड एण्ड बेभरेज प्रालि अन्तर्गतको किबु इनर्जी ड्रिंक दाङ क्रिकेट लिग–२ को इनर्जी ड्रिंक पार्टनरको रुपमा रहने भएको प्रतियोगिता संयोजक समेत रहनुभएका दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिनुभयो ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ प्रतियोगितामा देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोली रहेका छन् ।

यी पाँच वटा फ्रेन्चाईज क्लबले अनलाईन रजिष्ट्रेशन भरेका खेलाडीहरुलाई प्रतियोगिताको मापदण्डमा रही अक्सनका आधारमा खरीद बिक्री गर्नेछन् । खेलाडी अक्सन फागुन ५ गते हस्पिटालिटी पार्टनर रहेको भिंग्रेली भिलेज रिसोर्टमा हुने भएको प्रतियोगिता निर्देशक विशेष अधिकारीले जानकारी दिनुभयो । डिसिएल–२ का लागि देश तथा विदेशबाट पनि सहयोग जुट्ने क्रम जारी छ ।

Blog Post Ad Blog Post Ad