Ad Area

बहुआयामिक शिक्षा सदनले मनायो छैठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस


घोराही, ३ फागुन । बहुआयामिक शिक्षा सदनले आफ्नो छैठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

घोराही ६ बेरगैँस्थित सो विद्यालयले बुधबार विद्यालय परिसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुपालसिंह रोकायको अध्यक्षता तथा वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुराम आचार्यको प्रमुख आतिथ्यमा एक समारोहबीच आफ्नो वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा प्रमुख अतिथि आचार्यले विद्यालयले स्थापना भएको छोटो समयमा गरेको मेहनत र कामले राम्रो नतिजा दिन सफल भएको बताउनुभयो । उहाँले पूर्ण शैक्षिक वातावरणमा पठनपाठन गराईरहेका बहुआयामिक शिक्षा सदनले पढाईमा मात्रै नभई व्यवहारिक शिक्षाबाट बालबालिकाहरुको क्षमता विकासमा विशेष ध्यान दिएको प्रति खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो ‘केवल कितावी ज्ञान दिएर बालबालिकालाई पढाउँदा उनीहरु व्यवहारिक जीवनबाट टाढा हुन्छन् । यसका लागि व्यवहारिक शिक्षा चाहिन्छ, जुन शिक्षा बहुआयामिक शिक्षा सदनले दिईरहेको देख्दा खुशी लागेको छ । सीमित श्रोतसाधनका बीच पनि यति धेरै उपलब्धी हासिल हुन्छ भन्ने मैले यहाँ देखेको छु ।’

कार्यक्रममा घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका अधिकृत अजय बोहराले शिक्षाको मापन केवल मार्कसीटमा मात्रै गर्न नहुने बताउनुभयो । बालबालिकाको सर्वाङ्र्गिण विकासका लागि उनीहरुको क्षमता पहिचान गरेर पढाईमा ध्यान दिनुपर्ने बताउनुभयो । विद्यालयले वार्षिकोत्सव समारोहमा बालबालिकाहरुको शैक्षिक तथा अतिरिक्त कृयाकलाप प्रदर्शनी गरेको थियो । उक्त प्रदर्शनीले उनीहरुको सिकाई उपलब्धीलाई उपस्थित अभिभावकहरुले प्रत्यक्ष अवलोकन गर्ने मौका पाएका थिए ।

Blog Post Ad

वार्षिकोत्सवका अवसरमा विद्यालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमका उत्कृष्ट विद्यार्थी, शैक्षिक गतिविधिमा उत्कृष्ट विद्यार्थीलगायतलाई पुरस्कार एवम् सम्मान दिईएको थियो । विद्यालयकी प्रिन्सिपल संगीता रोकायले शैक्षिक गतिविधि र आगामी शैक्षिक योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

हाल कक्षा ६ सम्म पढाई हुँदैआएको विद्यालयले आगामी शैक्षिक सत्रबाट कक्षा ७ सम्मको पढाई संचालन गर्ने, विद्यालयमा व्यवस्थित पुस्तकालयको व्यवस्था गर्ने, भौतिक पूर्वाधार थप्ने तथा जीवनका लागि सिकाई भन्ने विद्यालयको मूल लक्ष्यलाई आत्मसात गर्दै शैक्षिक कृयाकलापलाई थप व्यवस्थित गर्दै लैजाने बताउनुभयो ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक सुन्दर गौतम, दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतमलगायत बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक बसन्ता भण्डारीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad