Ad Area

दाङ क्रिकेट लिग-२ को प्रत्क्षय प्रसारण मेरो दाङ एचडीले गर्ने


घोराही, ३ फागुन । दाङ क्रिकेट लिग– २ को अफिसियल ब्रोडकास्टिङ पार्टनर दाङ डिजिटल मिडिया प्रालि भएको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि मेरो दाङ एचडी अफिसियल ब्रोडकास्टिङ पार्टनर बनेको हो ।

बिहीबार आयोजकको तर्फबाट दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैयाँ र दाङ जिल्ला सचिब सन्जु केसी तथा दाङ डिजिटल मिडिया प्रालिको तर्फबाट मिडिया ब्रोडकास्टिङ विभागका सदस्यहरु जावेद अख्तर, अनुप आचार्य र आभाष घिमिरेबीच ब्रोडकास्टिङ पार्टनरको रुपमा रहने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता बमोजिम मेरो दाङ एचडी ले अक्सन एवम् सम्पुर्ण खेलहरुको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

डिसिएल–२ का हरेक गतिविधि मेरो दाङ एचडीले प्रशारण गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको आयोजकले जनाएको छ । मेरो दाङ एचडी ब्रोडकास्टिङ क्षेत्रमा आएकोमा खुसी व्यक्त गर्दै क्यानका केन्द्रिय सदस्यसमेत रहनुभएका जिल्ला अध्यक्ष मजगैयाँले प्रतियोगिता सफल बनाउन तोकिएको जिम्मेवारी वहन हुने विश्वास व्यक्त गर्नुभयो ।

मिडियाले खेलकुद तथा मनोरञ्जन क्षेत्रसंग सम्बन्धीत हरेक क्षेत्रमा जोडिने योजना बनाएको जनाएको छ । जसअनुसार डिसिएलको प्रत्यक्ष प्रसारणमा जोडिन लागेको जनाएको छ ।

Blog Post Ad Blog Post Ad