Ad Area

पाँचौ हापुर कप फुटबल प्रतियोगिता : युएनबिसी, मिनबहादुर फाउण्डेसन र लोटस बिजयी


घोराही,४ फागुन । पाँचौ हापुर कप फुटबल प्रतियोगिताको चौथो दिनका खेलहरुमा युएनबिसी, मिनबहादुर फाउण्डेसन र द लोटस टे«निङ सेन्टर बिजयी भएका छन् ।

घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरी खेल मैदानमा जारी प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा युएनबिसी क्लव बिजयी भएको छ । युएनबिसी र खैरा एफसीबिच भएको खेलमा युएनबिसीले २–१ गोलअन्तरले बिजयी भएको हो । युएनबिसीको जितका लागि सुमित पुनले दुई गोल गरेपनि खैरा एफसीकातर्फबाट शिशिर पुनले एक मात्र गोल फर्काउन सफल भएका थिए ।

त्यसैगरी प्रतियोगिताको दोश्रो खेलमा मिनबहादुर फाउण्डेसन बिजयी भएको । फाउण्डेसनले मानपुर युनाइटेड क्लवलाई २–० गोल अन्तरले पराजित गर्न सफल भएको थियो । मिनबहादुर फाउण्डेसनको जितका लागि खेलाडीहरु किरन थापा र डिक्सन केसीले समान १÷१ गोल गर्न सफल भएका थिए ।

प्रतियोगिताको अन्तिम खेलमा द लोटस टे«निङ सेन्टर बिजयी भएको छ । द लोटस टे«निङ सेन्टर र चौधरी बबई क्लवकाबिचमा भएको खेलमा लोटसले ४–१ गोल अन्तरले चौधरी बबई क्लवलाई पराजित गरेको थियो । लोटसकोे जितका लागि क्याप्टेन अभिषेक थापाले ३ र मोहित पुनमगरले १ गोल गर्न सफल भएको आयोजक हापुर युथ क्लवका अध्यक्ष बिनोद विकले जानकारी दिएका छन् ।

फागुनको १ गतेदेखि सुरुभएको प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार ५सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र र उपबिजेता टिमलाई नगद २० हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने आयोजक हापुर युथ क्लवले जनाएको छ । प्रतियोगितामा जिल्लाभरका २७ फुटबल टिमको सहभागीता रहेको छ । प्रतियोगिता फागुनको १० गतेसम्म सञ्चालन हुने भएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad