Ad Area

डिसिएलको प्लेयर अफ द म्याचको प्रायाेजकमा किसान ट्रेडिङ कन्सर्न


घोराही, ४ फागुन । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि दाङमा संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ का प्लेयर अफ म्याचलाई प्रदान गरिने नगद राशिको प्रायोजक किसान ट्रेडिङ कन्सर्न बनेको छ ।

प्रतियोगिताको सम्पूर्ण खेलमा प्लेयर अफ म्याचलाई किसान ट्रेडिङ कन्सर्नले नगद पुरस्कार प्रायोजन गर्ने भएको हो । किसान ट्रेडिङ कन्सर्नले सोनालिका प्लेयर अफ द म्याच भनेर प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई पाँच हजार नगद प्रदान गर्ने गरि शुक्रबार किसान ट्रेडिङ कन्सर्नका कार्यकारी निर्देशक मशकुर अहमद र संघका अध्यक्ष प्रदीप मजगैयाँबीच सम्झौता भएको छ ।

खेलाडी किन बेच आधारित प्रतियोगितालाई धरैले चासोको रुपमा लिएका बेला किसान ट्रेडिङ कन्सर्नले चासो देखाएको हो । डिसिएल–२ मा पाँच वटा फ्रेन्चाईज क्लबको सहभागीता रहने भएको छ । ती क्लबमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका खेलाडीसहित जिल्लाका उमेर समुहका खेलाडीहरुको सहभागीता रहने भएको छ ।

जिल्लामा हुन लागेको ठुलो प्रतियोगिता सफल बनाउन सामाजिक उत्तर दायित्व बहन गर्दै किसान ट्रेडिङ कन्सर्न जोडिएको कार्यकारी निर्देशक अहमदले बताउनुभयो । किसान ट्रेडिङ कन्सर्नले लामो समयदेखि दाङमा सोनालिका ट्रयाक्टर बिक्रि गर्दै आएको छ ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ प्रतियोगितामा देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोली रहेका छन् । यी पाँच वटा फ्रेन्चाईज क्लबले अनलाईन रजिष्ट्रेशन भरेका खेलाडीहरुलाई प्रतियोगिताको मापदण्डमा रही अक्सनका आधारमा खरीद बिक्री गर्नेछन् ।
खेलाडी अक्सन फागुन ५ गते हस्पिटालिटी पार्टनर रहेको भिंग्रेली भिलेज रिसोर्टमा हुने भएको छ । प्रत्येक टीम मालिकहरुले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको छ ।
जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट हुने छन भने राष्ट्रिय तथा अन्तरास्ट्रिय खेल खेलिसकेका एक-एक जना मार्की र टिम कप्तानका रुपमा टिम मालिकहरुले आफै छनोट गर्न सक्ने व्यवस्था गरिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad