Ad Area

जनगणनाको काम अन्तिम चरणमा


दाङ, ७ मंसिर ।

राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८५ देखि ९० प्रतिशत गणनाको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिएकम छन् ।

सुपरिवेक्षकले नियमित रूपमा गणकसँग समन्वय गरिरहेको र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण दिने गरेको उनले बताए ।

अब जनगणना सम्पन्न हुन दुई दिन मात्र बाँकी भएकाले कोही व्यक्ति छुटेको भए गणक, सुपरिवेक्षक, वडा कार्यालय, पालिका र जिल्ला जनगणना कार्यालयमा सम्पर्क गर्न उनको आग्रह छ ।

पर्सिसम्ममा गणनाको मुख्य काम सकिसक्नु पर्ने भएकाले कोही छुटेको भए सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad