यु–१९ वाईवाई क्रिकेट प्रतियोगिता : लुम्बिनी प्रदेशको शानदार जीत
दाङ,७ मंसिर । यु–१९ वाईवाई राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।
प्रतियोगिताको पहिलो दिन भएको खेलमा पहिले व्याटिङ गरेरको गण्डकी प्रदेशको क्रिकेट टिमले आफ़नो सम्पूर्ण विकेट गुमाएर निर्धारित ओभरको खेलमा मात्र २३ रन बनाउन सफल भएको थियो ।
प्रतिउत्तरमा लुम्बिनी प्रदेशको क्रिकेट टिमले निर्धारित समयमा मात्र १ विकेट गुमाएर उक्त २३ रन को लक्ष्य ४ ओवरमा प्राप्त गरेको थियो । उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै लुम्बिनी प्रदेशका खेलाडी मोहम्म हुसेनले गण्डकी प्रदेश क्रिकेट टिमका ७ खेलाडीलाई आउट गरेका थिए ।
उक्त खेलमा लुम्बिनी प्रदेशका क्रिकेट खेलाडी मोहम्मद हुसेर म्यान अफ द म्याच घोषित भएका थिए ।