Ad Area

पाँचौ हापुर कप फुटबल प्रतियोगिता : हापुर बगाले, गाउँले फुटबल क्लव र घोराही–१७ बिजयी


घोराही,५ फागुन । पाँचौ हापुर कप फुटबल प्रतियोगिताको पाँचौ दिनका खेलहरुमा हापुर बगाले एफसी, गाउँले फुटबल क्लव र घोराही–१७ को फुटबल टिम बिजयी भएका छन् ।

निवार भएको प्रतियोगिताको पहिलो खेलमा हापुर बगाले एफसीले बिएफएल क्लव घोराहीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । हापुर बगालेको जितका लागि खेलाडी बिबेक पुनले एक्लै दुई गोल गरेका थिए भने बिएफएलका तर्फबाट खेलाडी उज्वल चौधरीले एक मात्र गोल गर्न सफल भएका थिए ।

त्यसैगरी शनिवार भएको दोस्रो खेलमा गाउँले फुटबल क्लवले न्यू स्टार फुटबल एकेडेमीलाई १–० गोलले पराजित गरेको छ । गाउँले फुटबल क्लबको तर्फबाट खेलको अन्तिम समयमा खेलाडी बिबेक बिसीले गरेको १ गोलले टिमलाई बिजयी गराउन सफल भएको थियो । शनिवारको अन्तिम खेलमा घोराही–१७ को फुटबल टिम बिजयी भएको छ ।

घोराही–१७ र माध्यामिक विद्यालय नारायणपुरकाबिचमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा घोराही–१७ को टिम ५–४ ले बिजयी भएको थियो । निर्धारित समयको खेलमा घोराही–१७ का तर्फबाट नारायण बुढामगर र माबि नारायणपुरबाट रबिन रोकाले १÷१ गोल गरेको आयोजक हापुर युथ क्लवका अध्यक्ष बिनोद विकले जानकारी दिएका छन् ।

फागुनको १ गतेदेखि सुरुभएको प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार ५सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र र उपबिजेता टिमलाई नगद २० हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने आयोजक हापुर युथ क्लवले जनाएको छ । प्रतियोगितामा जिल्लाभरका २७ फुटबल टिमको सहभागीता रहेको छ । प्रतियोगिता फागुनको १० गतेसम्म सञ्चालन हुने भएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad