Ad Area

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु,पछाडी बसेका गम्भीर घाइते


घोराही, ६ फागुन । दाङमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने मोटरसाइकलको पछाडि सवार गम्भीर घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका–१८ कालिका टोलमा रा ७ प ३१८६ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा रूकुम पूर्व भुमे गाउँपालिका–१ निवासी २७ बर्षीय आदर्श पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिनुभएको छ । उहाँका अनुसार मोटरसाईकलमा सवार सोही ठाउँ निवासी ३५ बर्षीय रामकुमार पुन गम्भीर घाइते हुनुभएको छ ।

पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार दुवै जना घोराही उपमहानगरपालिका–१८ मा डेरा गरी बस्दै आउनुभएको थियो ।

Blog Post Ad Blog Post Ad