Ad Area

पाँचौ हापुर कप फुटबल प्रतियोगितामा हापुर युथ र बडहरा क्लव बिजयी


घोराही,६ फागुन । पाँचौ हापुर कप फुटबल प्रतियोगिताको छैठौ दिनका खेलहरुमा हापुर युथ क्लव र बडहरा युवा क्लव बिजयी भएका छन् । घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरी खेल मैदानमा जारी प्रतियोगिताको छैठौ दिनको पहिलो खेलमा हापुर युथ क्लव बिजयी भएको छ ।

प्रतिष्पर्धामक खेलमा आयोजक हापुर युथ क्लवले अटल युबा क्लबलाई २–१ गोलले पराजित गर्दै आयोजक हापुर युथ क्लव बिजयी भएको थियो । हापुर युथ क्लवको जितका लागि खेलाडीहरु निसान घर्ती र नविन बुढा बुढाले समान १–१ गोल गरेका थिए ।

खेलमा अटल युवा क्लवकातर्फबाट खेलाडी मनिष भारतीले १ मात्र गोल गर्न सफल भएका थिए । खेलको पहिलो हाफमा अटलले अग्रता लिए पनि दोस्रो हाफमा हापुर युथ क्लवका खेलाडीले दुई गोल गर्दै टिमलाई बिजयी गराएका थिए ।

त्यसैगरी दोस्रो खेलमा बडहरा युबा क्लबले बुद्ध क्लबलाई हराउँदै बिजयी भएको छ । निर्धारित समयमा खेलमा दुवै टिमबाट १–१ गोल भएपनि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा बडहरा युबा क्लवले बुद्ध क्लवलाई ५–४ गोल अन्तराले पराजित गर्दै प्रतियोगितामा बिजयी यात्रा जारी राखेको हो । निर्धारित समयको खेलमा बडहरा क्लवका तर्फबाट मिसाङ घर्ती र बुद्ध क्लवका तर्फबाट खेलाडी सन्दिप हमालले १–१ गोल गरेपनि खेल पेनाल्टी सुटआउटमा गएको थिगो ।

फागुनको १ गतेदेखि सुरुभएको प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार ५सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र र उपबिजेता टिमलाई नगद २० हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने आयोजक हापुर युथ क्लवका अध्यक्ष बिनोद विकले जानकारी दिएका छन् । प्रतियोगितामा जिल्लाभरका २७ फुटबल टिमको सहभागीता रहेको छ । प्रतियोगिता फागुनको १० गतेसम्म सञ्चालन हुने भएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad