Ad Area

सर्वाधिक पुरस्कार राशिको तेस्रो हिरा डाँगी स्मृति कप फुटबल हुँदै


तुलसीपुर,८ फागुन । तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० हुने भएको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर–५ को आयोजनामा अरनिको मैदान तुलसीपुरमा यहि फागुन २० गतेदेखि प्रतियोगिता सुरु हुने भएको हो ।

फाउन्डेसनले मंगलवार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताका बारेमा जानकारी दिएको छ । प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद २ लाखसहित कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद एक लाखसहित कप ,मेडल, प्रमाणपत्र हात पार्ने प्रतियोगिताका संयोजक प्रितीबहादुर गिरीले जानकारी जानकारी दिएका छन् ।

त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधातर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ५ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन । प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजारसहित ट्रफी प्रदान गरिने संयोजक गिरीले जानकारी दिएका छन् ।

प्रतियोगितालाई भब्य एवं सभ्य तवरले सार्थक र परिणाममुखी बनाउन आयोजकले सबै प्रकारका तयारी थालेको पत्रकार सम्मेलनमा जानकरी दिइएको थियो । पहिलो र दोस्रो संस्करण भब्य रुपमा सम्पन्न गरेको फाउन्डेसनले तेस्रो संस्करणलाई थप सार्थक बनाउने प्रयासमा रहेकोछ । यतिबेला प्रतियोगिताको प्रचारप्रसार, आर्थिक व्यवस्थापन,आमन्त्रित टिमको आवास तथा भोजन व्यवस्थापन, आतिथ्य संस्कारलगाएतको तयारी गरिरहेको फाउन्डेसनका सचिव केशव चौधरी मिग्माले जानकारी दिएका छन् ।

२०७६ साल चैत ३ गतेका दिन एक हतियारधारी समुहको आक्रमणमा परी ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डाँगीको सम्झनामा स्मृति कप फुटबल हुँदै आएको छ । स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा साविक बिजेता ज्ञानज्योती इनोभेटिभ फुटबल क्लब, छिमेकी राष्ट्र भारतको साहारा क्लब लखनऊ, साविक उपबिजेता टरिगाउँ युवा क्लब,युनाईटेड युथ क्लब तुलसीपुर,युएनबिसी युथ क्लब घोराही, सुर्खेत डिएफए क्लब, फर्साटिकर रुपन्देही, लुम्बिनी प्रदेश फुटबल एकेडेमी, राईजिङ स्टार घोराही र एक बिभागिय टिम एपीएफ लुम्बिनी प्रदेशको टिमको सहभागिता रहने आयोजक हिरा डागी फाउन्डेसनले जानकारी दिएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad